NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

तीन पटक चट्याङ लाग्दा पनि बीवाईडी सोङ प्लस ईभी सुरक्षित

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । चीनको बेइहाईस्थित ग्वाङसीको टाइसान सर्भिस एरियामा ड्राइभ गर्दै गर्दा एक बीवाईडी सोङ प्लस ईभीमा लगातार तीन पटक चट्याङ प्रहार भए पनि गाडीमा गम्भीर क्षति भएको छैन। चीनको चोङगिङ डेलीका अनुसार, सम्पूर्ण परीक्षणपछि मेकानिकहरूले गाडीको पावर प्याक, मोटर वा इलेक्ट्रोनिक कन्ट्रोल सिस्टममा कुनै समस्या नभएको पुष्टि गरेका छन्।

गाडीको छतमा मात्र साना दुई वटा स्ट्राइक प्वाइन्ट देखिएका छन्। बीवाईडीका ब्रान्ड तथा पब्लिक रिलेसन विभागका जनरल म्यानेजर लि युनफेईका अनुसार, पावर कटअफ प्रोटेक्सन सिस्टमले अकुपेन्ट सेफ्टी र कोर भेइकल सिस्टमलाई सुरक्षित राख्न मद्दत गरेको हो।

बीवाईडीको सोङ प्लस ईभी चीनमा १ लाख ४९ हजार ८ सय आरएमबी (करिब २०,७४० अमेरिकी डलर) देखि १ लाख ७५ हजार ८ सय आरएमबी (करिब २४,४८० अमेरिकी डलर) मूल्यमा उपलब्ध छ। नेपालमा भने यो मोडेल उपलब्ध छैन। हालै मात्र बीवाईडीले एट्टो १ (सिगल ह्याचब्याक ईभी) नेपाली बजारमा करिब २९ लाख रुपैयाँमा ल्याएको छ, जसको निकै चर्चा भइरहेको छ। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक हो, जसले डल्फिन, सिलायन ७, एट्टो ३ लगायतका मोडल बिक्री गर्दै आएको छ।

 

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...