Ncell NPL
NIMB
NMB Bank

सिटिजन्स बैंकको “मधेश लिडरसिप ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श” सम्बन्धी सेमिनार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ ।

सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान–प्रदान भएकोे छ । मधेश केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०÷८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।

 

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख २५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज गर्ने निर्णय, आजदेखि समायोजन लागू

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:३२

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टरमा आकर्षक छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२९

  काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु...

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस होराइजन १२’ लाई धितोपत्र बोर्डको स्वीकृति

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२१

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक प्रवर्द्धक...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

काठमाडौंमा पियरसन पीटीई साझेदार भेटघाट: शिक्षा, सहकार्य र बीमाको महत्वमा जोड

काठमाडौंमा पियरसन पीटीई साझेदार भेटघाट: शिक्षा, सहकार्य...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:४६

काठमाडौं । काठमाडौंस्थित Kathmandu Marriott Hotel मा Pearson PTE पार्टनरहरूको...