CG Electronics
IME Life
NIMB

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) को २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले २९ श्रावन २०८२ मा आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पार्नुभयो । बिशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा(SCT-UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा(Smart Banking) , अन्तर बैंक भुक्तानी सेवा (Smart Pay), क्युआर भुक्तानी सेवा (Smart QR) र मर्चेन्ट व्यवस्थापन सेवा (Smart MMS) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गर्नुभयो ।

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू Smart QR Soundbox र SCT Hub का बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गर्नुभयो । Smart QR Soundbox स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू Smart QR Soundbox मार्फत सुन्न सक्नेछन् । Smart QR Soundbox लाई मर्चेन्टहरूले आफ्नो Wi-Fi संग लिङ्क गरेर वा Smart QR Soundbox मै आफ्नो सिम कार्ड राखेर नेटवर्क संग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू Smart QR Soundbox मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । SCT ले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे Smart QR Soundbox मार्फत जानकारी हुन्छ ।

 

साथै SCT Hub स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन (ATM Management), कार्ड व्यवस्थापन (Card Management), विवाद व्यवस्थापन (Dispute Management), सतर्कता व्यवस्थापन(Alert Management), प्रयोगकर्ता व्यवस्थापन (User Management), Report Generation लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...