NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ ।

हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी क्षेत्रमा सीमित छन् । जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा तयार गरिएको गुरुयोजनाले २५–१०० किलोमिटर दूरीमा चार्जिङ स्टेशन राख्ने प्रस्ताव गरेको छ ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत ट्राफिक घनत्व, जमीन उपलब्धता, बाढी जोखिम, सडकको अवस्था र विद्युत् ग्रीड पहुँचका आधारमा करिब १४ हजार ९१३ किलोमिटर क्षेत्रमा यो योजना लागू गर्ने तयारी छ ।
चार प्रकारका चार्जिङ स्टेशन (लेभल १ देखि हेभी गाडीका लागि १ मेगावाट पावर क्षमतासम्म) निर्माणको लागी गुरु योजनाले सिफारिस गरेको छ ।

नेपालले सन् २०३० सम्म निजी गाडीको ९० प्रतिशत र चारपांग्रे सवारीको ६० प्रतिशत विद्युतीय बनाउने लक्ष्य लिएको छ । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित, विद्युतीय सवारीमार्फत घरेलु विद्युत् खपत बढाउने उद्देश्य राखिएको छ ।

यस गुरु योजनाले उदाउँदो प्रविधि, बजारको गतिशीलता र नयाँ नीतिगत आवश्यकताहरूको अनुकूलन गर्न निरन्तर समीक्षा र परिमार्जन आवश्यक रहेको कुरामा जोड दिएको छ, जसले नेपालको इभी प्रणालीलाई लचिलो, अनुकूलनशील र दीगो विकासका राष्ट्रिय लक्ष्यहरूसँग सधैं समायोजनमा राख्न मद्दत गर्नेछ ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...