CG Electronics
IME Life
NIMB

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड : पिपल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आगामी भदौ २९ गते पोखरामा आयोजना हुने एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को पिपल्स च्वाइस अवार्ड विधाका लागि मनोनीत पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ ।

अवार्डको २२ औं संस्करण पहिलोपल्ट राजधानी बाहिर हुँदैछ, जसका लागि मुख्य प्रायोजक गोल्छा ग्रुप तथा प्रवद्र्धक पोखरा महानगरपालिका रहेका छन् । प्रेस विज्ञप्तिमार्फत मञ्चले दुबै संस्थाप्रति आभार व्यक्त गरेको छ । पिपल्स च्वाइस अवार्डका लागि क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । मनोनयन सार्वजनिक गर्दै मञ्चले वर्षभर उत्कृष्ट प्रदर्शन गरेका साथै केही ओझेलमा परेका खेलाडीलाई जनसमक्ष थप चर्चित बनाउने उद्देश्यले यो विधा सार्वजनिक गरिएको जनाएको छ ।

पिपल्स च्वाइस विजेता आईएमई खल्ती, सामाजिक सञ्जाल, प्रशिक्षक र खेल पत्रकारहरूको संयुक्त मतका आधारमा चयन गरिनेछ । यस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । भोटिङको लागि आईएमई खल्ती डिजिटल पार्टनरका रूपमा आबद्ध भएको छ ।

यस संस्करणमा १० विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी (पुरुष, महिला, युवा) र प्रशिक्षकलाई समेत पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विजेतालाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइनेछ । गत वर्ष कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी थिइन् । मुख्य आयोजक समितिको अध्यक्षतामा निरञ्जन अधिकारी रहेका छन्, र उनले अवार्डको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मिडिया र समर्थकको निरन्तर सहयोगमा पूर्ण विश्वास व्यक्त गर्दै, आगामी कार्यक्रमलाई थप भव्य बनाउने प्रतिबद्धता जनाएको छ ।

 

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...