IME Life
NIMB

नेपालमा व्यवसायिक शिक्षाको नयाँ युग : इम्बार्क कलेजको अग्रसरता

NIMB
Himalayan Bank

काठमाडौँ। पुल्चोक, ललितपुर, नेपालमा व्यवसायिक शिक्षाको स्वरूप परिवर्तन गर्ने लक्ष्यका साथ स्थापना भएको इम्बार्क कलेजले उच्च शिक्षामा नयाँ युगको सुरुआत गरेको छ। अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय साझेदारी र उद्योग–केन्द्रित पाठ्यक्रम मार्फत कलेजले विद्यार्थीलाई भविष्यका व्यवसायिक नेता र नवप्रवर्तकको रूपमा तयार पार्न थालेको छ।

इम्बार्क कलेजले परम्परागत शिक्षण पद्धतिलाई चुनौती दिँदै, व्यवहारिक सिकाइ, उद्यमशीलता, अनुसन्धान र सामाजिक उत्तरदायित्वमा आधारित शिक्षालाई प्राथमिकता दिएको छ।

रोहेम्पटन विश्वविद्यालय (लन्डन, यूके) सँगको सहकार्यमा सञ्चालित बिएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रमहरू नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरको डिग्री हासिल गर्ने अवसर प्रदान गर्छन्।

पढाइसँगै उद्योगको अनुभव,इम्बार्क कलेजको व्यवसायिक कार्यक्रमहरूले सिद्धान्त र व्यवहारलाई एकसाथ जोड्छन्।

विद्यार्थीहरू केवल कक्षा भित्रै सीमित नभई उद्योग भ्रमण, कार्यशाला, इन्टर्नसिप र प्रोजेक्ट कार्यमा सक्रिय सहभागी हुन्छन्। कलेजको उद्योग–सम्बद्ध पाठ्यक्रमले विद्यार्थीलाई रोजगारीका लागि मात्र होइन, व्यवसाय सिर्जना गर्ने क्षमता विकासमा पनि सहयोग गर्दछ।

कलेजका अनुसार, करियर विकास केन्द्र मार्फत विद्यार्थीहरूलाई बायोडाटा लेखन, अन्तर्वार्ता तयारी र रोजगार अवसरका लागि तालिम दिने व्यवस्था गरिएको छ। यसले स्नातक हुनुअघि नै उनीहरूलाई उद्योग सँग प्रत्यक्ष सम्पर्कमा ल्याउनेछ।

उद्यमशीलता र नवप्रवर्तनमा जोड,इम्बार्क कलेजको उद्यमशीलता प्रवर्द्धन केन्द्रले विद्यार्थीका नविन व्यावसायिक विचारलाई मूर्तरूप दिन सहयोग पुर्‍याउँछ। व्यापार योजना निर्माण देखि लगानी खोज र प्रोटोटाइप परीक्षण सम्मका सेवाहरू प्रदान गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई रोजगार खोज्नेभन्दा पनि रोजगार सिर्जना गर्ने उद्यमी बनाउने उद्देश्य राखेको छ।

विद्यार्थी–केन्द्रित शिक्षण पद्धति,कलेजको अर्को विशेषता भनेको विद्यार्थी–केन्द्रित सिकाइ प्रणाली हो। व्यक्तिगत शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सहयोग, र समावेशी सिकाइ वातावरणको माध्यमबाट कलेजले विद्यार्थीको सम्पूर्ण विकासमा ध्यान दिएको छ। डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, प्रयोगशाला र सहकार्यका लागि खुला स्थानहरू कलेजको शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउँछन्।

अनुसन्धान र प्रकाशनमा अग्रसरता,इम्बार्क अनुसन्धान सञ्जाल केन्द्रमार्फत कलेजले अनुसन्धान र प्रकाशनको क्षेत्रमा पनि अग्रसरता देखाएको छ। उद्योगसँगको सहकार्यमा स्थानीय व्यवसायिक केस–स्टडी र नीति–निर्माणमा उपयोगी अनुसन्धान कार्य गरिँदै आएको छ, जसले विद्यार्थीलाई अनुसन्धानमा सहभागी हुन प्रोत्साहन दिन्छ।

अन्तर्राष्ट्रिय पहुँच, स्थानीय प्रभाव, इम्बार्क कलेजले छोटो समयमै नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा लिने, व्यवहारिक अनुभव बटुल्ने र सामाजिक परिवर्तनमा भूमिका खेल्ने संस्थाको रूपमा आफ्नो पहिचान बनाएको छ। स्नातक विद्यार्थीहरूलाई केवल डिग्री नभई नेतृत्व, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका गुणहरूसँग लैजाने उद्देश्य राखिएको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...