NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नामी ०६ विद्युतीय एसयूभी सार्वजनिक, नाडा अटो शो २०२५ मा पहिलो प्रदर्शन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं– नाडा अटो शो २०२५ भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ, जहाँ डोङफेङको नामी ब्रान्डको नयाँ विद्युतीय एसयूभी नामी ०६ पहिलो पटक सार्वजनिक गरिएको छ। नेपालका लागि नामीका आधिकारिक वितरक एमएडब्लु वृद्धिले यस कारको लन्च गरेको हो।

यसअघि ह्याचब्याक कार नामी ०१ भित्र्याएर ईभी प्रेमीहरूको विश्वास जितेको कम्पनीले एसयूभी सेग्मेन्टमा आफ्नो पहिलो विद्युतीय मोडल पेश गरेको हो। नामी ०६, जसलाई नामी भिगो पनि भनिन्छ, दुई भेरिएन्टमा उपलब्ध छ। नामी ई२ को मूल्य ३७ लाख ९९ हजार र ई२ प्लसको मूल्य ४० लाख ९९ हजार तोकिएको छ। नाडा अटो शोका लागि यो विशेष मूल्य उपलब्ध गरिएको छ।

डोङफेङको क्वान्टम आर्किटेक्चर ३ प्लेटफर्ममा निर्मित यस एसयूभीमा मिनिमल डिजाइन स्टाइलको क्याबिन छ। कारमा १२.८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट प्रणाली, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानारोमिक सनरुफ, एम्बियन्ट लाइट, ६ स्पीकर, साथै हिटेड, भेन्टिलेटेड र मसाज सिट जस्ता सुविधा उपलब्ध छन्।

सवारी साधनमा ४४.९४ किलोवाट र ५१.८७ किलोवाट आवर ब्याट्री प्याकको विकल्प छ भने मोटर क्षमता ९९ किलोवाट रहेको छ। ब्याट्री ७ किलोवाटको एसी चार्जर र ६० किलोवाटको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ। डब्लुएलटिपीका अनुसार यस एसयूभीको रेन्ज ३००–३५० किलोमिटर छ।

कम्पनीले आफ्ना प्रतिस्पर्धीलाई ध्यानमा राख्दै मूल्य निर्धारण गरेको छ। नामी ०६ नेपाली बजारमा बीवाईडी एट्टो२, एमजी एस५, हुन्डाई क्रेटा र फरथिङ फ्राइडे एसयूभीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...