NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ :मन्त्री पौडेल

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खोल्ने बताएका छन् ।

मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न वित्त परिचालन कोष स्थापनाले सहयोग गर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्वाधार विकासका लागि नयाँ बाटो खोल्न खोजेको हो । हामीले स्रोत परिचालन गर्नका निम्ति वित्त परिचालन कोष स्थापना गरेको हो,’ उनले भने, ‘यहाँ भएका प्रस्तावहरु सबै हिसाबले यो २० औँ खर्बका योजनाहरु छान्न, स्रोत जुटाउन ती योजनाहरु कार्यान्वयन गर्नका निम्ति यसले ढोका खोल्छ । चार खर्बको कुरा छैन, २० औँ खर्बका, ५० औँ खर्बका आयोजनाका लागि यसले आधार दिन्छ ।’

मन्त्री पौडेलले कोषको चुक्त्ता पुँजीले स्रोत जुटाउन समस्या नहुने भन्दै यसलाई कार्यान्वयन गर्न समितिका सदस्यहरु माझ प्रस्ताव राखे ।

‘हामी यो कोषमा बृद्धि गर्ने भयौ भने हामीले विषेश निर्णय गरेर विकास खर्च छ, निर्वाचन क्षेत्रमा, विभिन्न आयोजनाहरुमा विनियोजन गरेको बजेट कटौती गर्नुपर्ने स्थिति हुन्छ । हामी त्यो बाटो हिड्नु हुँदैन । चुक्त्ता पुँजीले स्रोत जुटाउन समस्या पर्ने हैन । योजनाको अध्ययन गर्न रोक्दैन,’ उनले भने ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...