CG Electronics
IME Life
NIMB

लर्डबुद्धका विद्यार्थीले विकास गरेका एआई तथा सफ्टवेयरहरू काँग्रेस नेता गगन थापाद्वारा अवलोकन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन एल.बी.ई.एफ.ले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । स्नातक तहका छैटौँ तहमा आइटी अध्ययनरत विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली, क्लाउड लगायतका विभिन्न ५२ वटा सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशन परिसरमा भएको प्रदर्शनीको अवलोकन गर्दै नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले नेपाली विद्यार्थीहरू सूचना प्रविधिको क्षेत्रमा अब्बल रहेको प्रतिक्रिया दिनुभयो । विद्यार्थीहरूले विकास गरेका आइटी सफ्टवेयरहरूको व्यवसायीकरण र बजारीकरणका लागि सरकारसँग समन्वय गर्नुपर्ने थापाले बताउनुभयो ।

सूचना प्रविधिको तीव्र गतिमा विकास र विस्तार भईरहको अवस्थामा विभिन्न प्रकारका सफ्टवेयरहरू सरकारलाई नै आवश्यक पर्ने भएकाले नेपालमा आइटिको भविष्य उज्ज्वल रहेको थापाको भनाई छ । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न आइटी क्षेत्रमा थप लगानी बढाउनुपर्ने नेता थापाले बताउनुभयो ।

विद्यार्थीहरूले विकास गरेको एआई प्रविधि, साइबर सेक्युरिटी, क्लाउड, तथा आई.ओ.टी प्रविधिमा अवलोकन कर्ताहरूको चासो देखिएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इ. पङ्कज जालाने बताउनुभयो ।

फाउण्डेशनले विद्यार्थीको सिर्जनात्मक पक्षलाई अघि ल्याउने प्रयास गरेको अध्यक्ष जालानले बताउनुभयो । विद्यार्थीलाई आत्मविश्वासी र व्यावसायिक रूपमा सक्षम बनाउन आइटी प्रोजेक्ट एक्स्पो आयोजना गरिएको अध्यक्ष जालानको भनाई छ ।

प्रदर्शनीमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यत्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स एआइमा आधारित प्रविधिको विकास, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता नवीनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले हरेक वर्ष सिर्जनात्मक गतिविधिको माध्यमबाट विद्यार्थीलाई नयाँ खोज र प्रयोगमा प्रेरित गर्दै आएको छ । पछिल्लो प्रदर्शनीले पनि नेपालको आइटी शिक्षामा निहित क्षमतालाई उजागर गर्दै देशभित्रै नवप्रवर्तन गर्न सकिने सम्भावनालाई बलियो बनाएको अध्यक्ष जालानको भनाई छ ।

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएबीच सहकार्य

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१२

  पोखरा । ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेको ब्रिटिश...

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’...

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:०४

  काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...