NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री

NIMB
leapmotornepal (citroen)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले तीज विशेष कार्यक्रममा महिलाको पर्वमा पुरुषहरूले सहयात्रीको भूमिका मात्र निर्वाह गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित हरितालिका तीज विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले तीज महिलाहरूको विशेष चाड भएकाले पुरुषहरूलाई भाषण होइन, ताली बजाएर समर्थन जनाउनुपर्ने बताएका हुन् ।

‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’ मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो ।’ उनले नेपाली समाजमा पुरुषप्रधान सोच अझै विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध उभिनुपर्नेमा जोड दिए ।

‘हाम्रो एउटा मनोविज्ञान के छ भने पुरुष ठूलो हो भन्ने सोच अझै कायम छ,’ उनले भने, ‘जतिबेला पनि लोग्ने मान्छेलाई ठूलो ठान्ने, लोग्ने नभएसम्म केही हुँदैन भन्ने प्रचलन हटाउनुपर्छ ।’ कार्यक्रममा मन्त्री पौडेलले महिलाहरूले आजको दिनमा पुरुषहरूले गर्न नसकेका कामहरू गर्न सफल रहेको पनि बताए ।

उनले भने, ‘महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैन । त्यसकारण महिलाहरू सृष्टिका महान हुन् । तर महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैनन् ।’

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...