NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्षसम्मको प्याकेज

NIMB
leapmotornepal (citroen)

काठमाडौं । १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । चार दिनमा अटो शो १ लाख ४ हजार ३ सय ४७ जनाले अवलोकन गरेको तथ्यांक छ ।अवलोकनकर्ताहरु सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरुमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक व्याजदर एवम बैंकिङ प्रक्रियाबारे जिज्ञासा लिन अवलोकनकर्ताहरुले बढी चासो दिइरहेका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गइरहेपनि बैंक तथा वित्तीय संस्थाबीच सवारी कर्जा अर्थात अटो लोनको ब्याजदरमा समेत प्रतिस्पर्धा देखिन्छ । बैंकले अरुबेला अन्य क्षेत्रमा दिने लोन भन्दा सवारी कर्जा लोनमा केही छुट समेत दिइरहेका छन् ।


हिमालयन बैंककी अचल ढकाल बस्नेतले नाडा अटो शोमा विभिन्न बैंकको सवारी कर्जा ६ प्रतिशतबाट सुरु भएको बताउँछिन् । हिमालयन बैंकको बेसरेट ६.४८ रहेको उनले बताइन् । उनले प्रिमियम इभीमा ०.८ प्रतिशत लिएको जानकारी दिइन् ।


‘अटो लोनमा इभी र नन–इभी भनेर दुई क्याटोगरी छुट्याइएको छ । नाडा अटो शो मा न्यूनतम प्राइसिङ भनेको विभिन्न बैंकको ६ प्रतिशतबाट स्टार्ट भएको छ । हिमालयन बैंकको बेस रेट ६.४८ हो । प्रिमियम इभीमा ०.८, लिइरहेका छौँ,’उनले भनिन् ।

उनले सवारी कर्जा अटो लोनमा नाडा स्पेशल भन्दै ओभरल प्याकेजिङ आठ बर्षका लागि राखिएको बताइन् । ‘लोन व्यक्तिगत र कम्पनी दुवैको नाममा लिने वा दिने गरिएको छ । इभी र नन–इभीको लागि सेप्रेट प्राइसिङ रेट राखिएको छ,’ उनले भनिन् ।

उनले भनिन् ‘ओभरअल याकेजिङ आठ बर्षको छ । र लोन प्रोसेसिङ फि भनेको ०.५ छ । आठ बर्षको प्याकेज नाडा अटो शो का लागि मात्र हो । अरू बेला आठ बर्ष दिने गरिएको छैन् । कागजात भनेको पर्सनल र कम्पनी दुवैको अनिवार्य हुन्छ ।’

त्यस्तै उनले पछिल्लो दुई बर्षमा ३०० बेसिस पोइन्टले तीन प्रतिशत बेसरेट घटेको बताइन् । अरू बैंकको बेस रेट बढ्ने क्रम भएतापनि हिमालयन बैकंको भने घट्ने क्रममा रहेको उनले बताइन् । नेपाल राष्ट्र बैंकको गाइडलाइन अनुसार नै काम भइरहेको उनले जानकारी दिइन् ।


त्यस्तै नाडा अटो शो को स्टलमा भेटिएका नबिल बैंकका विलिफ खनालले नाडालाई विशेष तार्गेट गरेर ६.७४ प्रतिशतमा अटो लोनमा फाइनान्सिङ गर्ने व्यवस्था मिलाइएको बताए ।आम्दानीको स्रोत हेरेर लोन सात वर्षसम्मका लागि राखिएको भन्दै फिक्स रेट चाहेमा ८.२५ प्रतिशतमा लोन प्रवाह गर्न सकिने उनको दाबी छ । उनले कागजातमा आम्दानीको स्रोत प्राथमिकताका साथ हेर्ने गरेको पनि बताए ।

उनले अहिले अटो शो मा क्रेडिट कार्डको सुविधा, लाइफ टाइम फ्री स्किम नबिल बैंकले सार्वजनिक गरेको भन्दै सेभिङ एकाउन्टमा इन्ट्रेस्ट रेट पनि हायर रेटमा दिन सकिने बताए ।अटो शोको अफरका रुपमा बैंकहरुले सेवा शुल्क ०.२५ प्रतिशत बिन्दुले घटाएको र ब्याजदर ६ देखि ८ प्रतिशतबीचमा प्रतिस्पर्धा गरेका छन् । निश्चित र चल्ती दुवै ब्याजदरमा कर्जा दिने बैंकहरुले बताएका छन् ।


अटो शोमा कृषि विवास बैंकले ६.२३ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने अटो लोन योजना ल्याएको छ ।

लक्ष्मी सनराइ बैंकले साता वर्षका लागि फिक्स्ड ७.९९ प्रतिशत ब्याजदरमा मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने जनाएको छ भने ग्लोबल आइएमईले ६.९९ प्रतिशत ब्याजदर सवारी कर्जा दिने जनाएको छ । त्यस्तै सानिमा बैंकले सात वर्षका लागि फिक्स्ड ब्याजदर ८.१५ तोकेको छ । सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएको छ ।

नेपाल एसबीआई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा तीन वर्ष, ८.४९ प्रतिशतमा पाँच वर्ष र ८.९९ प्रतिशत ब्याज सात वर्षका लागि कर्जा उपलब्ध गराइने जनाएको छ । अटो शो मा फरक फरक प्रकृतिका सवारी साधनको खरिद फरक ब्याजदर तोकेका छन् । शो मा आधा दर्जन बैंकका स्टल छन् ।

 

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...