CG Electronics
IME Life
NIMB

मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

NIMB
Himalayan Bank

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४,००,४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ।

जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १,७२,३७२ कित्ताको न्यूनतम मूल्य रु.३०० र न्यूनतम आवेदन ५,००० कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४,०६५ कित्ताको न्यूनतम मूल्य रु.३७५ र न्यूनतम आवेदन ५,००० कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७,९६८ कित्ताको न्यूनतम मूल्य रु.३३० र न्यूनतम आवेदन १,००० कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १,३१५ कित्ताको न्यूनतम मूल्य रु.१०० र न्यूनतम आवेदन १,३१५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन्।

इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम रु.१०० तिरेर मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३स्०० बजेभित्र बुझाउनुपर्नेछ।

प्राप्त बोलपत्रहरु मिति २०८२ साल भाद्र २५ गते बिहान ११:०० बजे कार्यालयमा खोलिनेछ। यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ।

 

मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने छ । थप जानकारीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं, info@muktinathcapital.com वा Website: www.muktinathcapital.com मा सम्पर्क गर्न सकिनेछ।

 

 

 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...