NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

बजाज प्रिमियर लिग (BPL) सार्वजनिक: मोटरसाइकल खरिदकर्तालाई हप्तैपिच्छे नगद, आकर्षक उपहार र क्रिकेट स्टारसँग भेट्ने मौका

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालमा लोकप्रिय दुईपांग्रे सवारी ब्रान्ड बजाजले दशैं–तिहारलाई लक्षित गर्दै नयाँ योजना ‘बजाज प्रिमियर लिग (BPL)’ सार्वजनिक गरेको छ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकलाई थप आकर्षित गर्न सुरु गरेको यो योजना क्रिकेटको रोमान्चक शैलीसँग जोडिएको छ।

कम्पनीले जनाएको छ कि यस विशेष क्याम्पेनअन्तर्गत मोटरसाइकल खरिद गर्ने ग्राहकले क्रिकेट स्कोरिङ शैलीमा रन प्राप्त गर्नेछन्। ती रनका आधारमा ग्राहकले विभिन्न तहका नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। सातै प्रदेशका सहभागीहरूबीच हरेक हप्तामा रु.५०,००० को नगद पुरस्कार वितरण गरिनेछ भने हप्ताको उत्कृष्ट विजेता ‘प्लेयर अफ द विक’लाई रु.१ लाख नगद पुरस्कार प्रदान गरिनेछ।

यति मात्र नभई, विजेताहरूलाई नेपालका चर्चित क्रिकेटरहरूसँग प्रत्यक्ष भेट्ने अवसर पनि दिइने कम्पनीले जनाएको छ। क्रिकेटप्रेमी र ग्राहक दुवैलाई लक्षित यो योजनामा डिजिटल इन्टरएक्सनको सुविधा पनि राखिएको छ। ग्राहकहरूले मोबाइलमा क्रिकेट खेल्दै पनि अतिरिक्त पुरस्कार जित्ने अवसर पाउनेछन्, जसले यो अभियानलाई अझ मनोरञ्जनात्मक बनाएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका अनुसार दशैं–तिहार जस्तो ठूलो पर्वलाई मध्यनजर गर्दै सुरु गरिएको यो क्याम्पेनले बजाजप्रतिको विश्वास र ग्राहक सहभागिता अझ बढाउने अपेक्षा गरिएको छ। मोटरसाइकल खरिदमा छुट्टै रोमाञ्च र क्रिकेटको स्वाद जोड्दै ल्याइएको यो योजना छोटो समयमै लोकप्रिय बन्ने कम्पनीको विश्वास छ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...