CG Electronics
IME Life
NIMB

नाडा विशेष साधारण सभा बोलाउने निर्णय वैधानिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले विशेष साधारण सभा बोलाउने निर्णय पूर्णरूपमा वैधानिक रहेको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार फैलिनु प्रति नाडाले गम्भीर आपत्ति जनाएको छ र सदस्य तथा सर्वसाधारणलाई तथ्यहीन कुरामा विश्वास नगर्न आग्रह गरेको छ।

नाडाले जारी विज्ञप्तिमा भन्यो कि संस्थाका गतिविधि सबै प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्रै अघि बढाइँदै आएको छ। नाडाको केन्द्रीय कार्यसमितिले भदौ ३ र ८ गतेको बैठकमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिन विशेष साधारण सभा मार्फत स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरेको जनाएको छ।

विशेष साधारण सभा बोलाउने निर्णयविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रारम्भिक रूपमा सभा स्थगन गर्न निर्देशन आएको थियो। तर, दुवै पक्षसँग छलफल गरी आवश्यक कागजात र स्पष्टीकरण प्राप्त भएपछि प्रशासनले स्थगन आदेश फुकुवा गरेको छ। यसले विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्गप्रशस्त भएको नाडाले जनाएको छ।

‘तर, दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि काठमाडौं जिल्ला प्रशासनले च.नं. १३० मिति २०८२/०५/१८ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सो पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्छ ।’

अध्यक्ष करणकुमार चौधरीले भने, “संस्थागत सुधार र भविष्यका योजनाहरू पारदर्शी, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयमा मात्र अघि बढाइने छन्। नाडा कुनै व्यक्तिको स्वार्थका लागि प्रयोग हुने संस्था होइन।”

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

वि.सं.२०८३ जेठ १३ बुधवार २१:५३

  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा...

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:४२

  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...