CG Electronics
IME Life
NIMB

प्राकृतिक सम्पदा र पर्यटनको आकर्षण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । केही समय अगाडि पोखरामा आयोजित दुईवटा कार्यक्रममा सहभागी भएको थियो । अन्नपूर्ण दिवस र महिला पर्याटन उद्यमीहरुको दुईवटा कार्यक्रममा सहभागि हुन जाँदा थोरै समय पाएर पर्यटन बोर्डमा छिरेको थिएँ । त्यहाँ पनि चिनियाँँ भाषामा प्रशिक्षण सुरु भएको रहेछ । क्लास छुट्टीभएर चिया खाइरहनुभएका दुई÷दुई जनालाई मैले अंग्रेजी र चिनियाँ भाषामा कुन सजिलो हुँदोरहेछ भनेर सोधेँ । त्यसपछि एक÷दुई जनाले अंग्रेजी सानैदेखि पढियो त्यसकारण सजिलो लाग्यो । तर, नसिकुन्जेल दुवै अप्ठ्योरो सिकेपछि दुवै सजिलो लागेको छ भनेर उहाँहरु बताउँदै हुनुहुन्थ्यो । नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने ध्येय हाम्रो जुन छ । यो ध्येयबाटै नेपालमा स्वरोजगार अभिवृद्धि गर्ने लक्ष्य छ । त्योसँगै नेपालको जिडिपीमा योगदान गर्ने उद्देश्य छ । त्यसका लागि हामीसँगका एक÷डेढ अर्बबढी जनसंख्या बोकेका दुईवटा छिमेकी देशहरुमा भारतीयहरुले बोल्ने हिन्दी भाषा र चिनियाँँहरुले बोल्ने चाइनिज भाषाको ज्ञान हुने हो भने धेरै सहज हुन्छ ।

नेपालीहरुको लागि हिन्दी भाषा शब्द, लिपी र उच्चारणका हिसाबले धेरै सहज छ । हिन्दी, नेपाल र अरु थुप्रै भाषाहरुको जननी भाषा संस्कृत हो । नेपाली र हिन्दी भाषाका अधिकांश शब्द संस्कृति भाषासँग जोडिएका छन् । व्याकरण पनि यदाकदा मिल्दाजुल्दा छन् । अलिकति ध्यानदिने बित्तिकै सिक्दालाई धेरै सजिलो छ । त्यसले गर्दा हामी भारतमा जाँदा र भारतीयहरु नेपालमा आउँ्रदा बोलिचालीमा धेरै सहजता हुन्छ । कसरी सहजता भयोभन्दा भाषाको कारणले । त्यसैगरी चिनियाँँ भाषासँग हाम्रो सम्बन्ध निकै पुरानो हो । नेपालीहरु व्यापार व्यवसायका लागि चीन जाने पुरानो चलन हो । लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘मुनामदनको’ खण्डकाव्य छ । त्यो खण्डकाव्यको मर्म हेर्दा हामी चीनसँग भाषामा पहिलादेखि व्यापारिक सम्बन्ध थियो भन्ने देखाउँछ । कतिपय त्यो बेला लासा जानुभएका मानिसहरु त्यही हुनुहुन्छ । नेपालीले चिनियाँ भाषा जान्ने र चिनियाँँले नेपाली भाषा जान्ने अन्यको तुलनामा कम छ । यहाँ चिनियाँ आउनुभयो उहाँलाई हामीले चिनियाँ भाषामा पथप्रदर्शकको भूमिका निर्वाह गर्न सक्यौं भने त्यो हामी नेपालीका लागि ठूलो सम्पत्ति हुन्छ ।

यो कुरामा मध्यनजर गर्दै सरकारले लिनुपर्ने नीति र पर्यटन बोर्डले देखाएको तदारुकता देखाएको छ । यो अहिले सातौंपटक चल्दैछ । र, नेपाल–चीन सांस्कृतिक तथा शैशिक परिषद् जस्ता संस्थाहरुले जे प्रयत्न गर्नुभएको यसले धेरै भूमिका निर्वाह गर्दछ भन्ने लाग्छ । किन कि पर्वतारोहणका निम्ति, पर्यटन प्रकृतिको निम्ति लाभ लिनलाई चिनियाँँहरु आउनुहुन्छ । हाम्रो संस्कृतिको लाभ लिनलाई आउनुहुन्छ । यहाँ पृथ्वीको कुनै घमण्ड गरेर भनेको होइन । त्यसकारण चीनका साथीहरुसँग हामी भन्न सक्छौं चीनका अगाडि हाम्रो सानो देश छ भूगोलको हिसाबले । त्यसैगरी जनसंख्याको हिसावले पनि सानो देश छ । तर, प्रकृतिको विविधताले यति ठूलो छ कि त्यसको अवलोकन तपाईंहरु नेपाल आइदिनुहोस् । तपाईंहरु जति आउनुहुन्छ त्यति लाभान्वित हुनुहुन्छ । पोखरा पुगेर पनि भन्ने गरेको छु मैले नेपालको आकासमा जति पटक उड्न पाउँछु नेपालको दृश्यावलोकनले अघाउने स्थिति नै हुँदैन । हेरिरहुँ, देखिरहुँ र घुमिरहुँ जस्तो लाग्छ । पछिलो समय त अझ जताततै हराबरा भए छ, कुनै बेला ३० प्रतिशतमा झरिसकेको वनजंगल अहिले ५० प्रतिशत बढी हरियालीमा परिणत भइसकेछ ।

जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिएर झरिरहेका छन् त्यसले नकारात्मक असर परिरहेको तर त्यसलाई संरक्षण गर्नको लागि प्रयत्न पनि त्यत्तिकै भइरहको छ । भरखरै मात्र हामीले त्यसको लागि ‘सगरमाथा संवाद’को आयोजना गरेका छौं । चिनियाँँहरुले सामान्यतया धर्मको कुरा गर्नुहुन्न यदि गरिहाल्नुभयो भने बुद्धिजमको कुरा गर्नुहुन्छ । लुम्बिनी यहाँ छ, तपाईंहरु त्यसलाई हेर्नको लागि नेपाल आइदिनुहोस् । चिनियाँँहरु नेपाल भ्रमणमा आएको बेला अंग्रेजीमा नभएर चिनियाँँ भाषामा उहाँलाई पथप्रदर्शकको भूमिका निर्वाह गर्न सकियो, हाम्रो बारेमा उहाँले बुझ्ने गरी बताउन सकियो भने । हामीहरु र उहाँहरु दुवैलाई फाइदा हुन्छ । पछिल्लो समय युवावर्गले यस विषयमा ध्यान दिएको छ ।

यसलाई युवापुस्ताले आफ्नो व्यवसाय बनाएर तप्परताका साथ अगाडि बढ्छ भन्ने लाग्छ । चीनसँग हाम्रो सांस्कृति, भाषिक, कूटनीतिक र व्यापारिक सम्बन्धहरु, हामीहरुले एकअर्कालाई पु¥याउनुपर्ने सहयोगको सम्बन्ध, सम्बन्धको प्रगाढ्दा र गहिराइलाई थप परिभाषित गर्दछ त्यो दिशामा । त्यसको लागि भाषा प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्न लाग्छ । एक प्रकारले हाम्रा चिनियाँँ भाषा सिक्ने नेपालीहरुले दुई देशबीच सांस्कृतिक दूतको रुपमा काम गर्न सक्नुहुन्छ । दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने भनेको दुई देशबीचको सांस्कृतिक दूतको भूमिका निर्वाह गर्नु हो । यो काम गर्न सक्नुहुन्छ, त्यसका निम्ति भाषा सिक्दै गर्नुपर्छ । भाषाको कारणले मानिसलाई यो संसारका जुनसुकै कुनामा पुगेपछि नजिक बनाउँछ ।

विश्वप्यापीकरणको यो जमानामा कुनै पनि देश एक्लै बाँच्दै, टिक्दैन र उभिन सक्दैन किन भने अहिले विश्वसँग नै सहकार्य गर्नुपर्छ । अहिले त्यस्तो जमाना आएको हामी सबैलाई थाहै छ । अर्को के हो भने आफ्नो अर्को एउटा योग्यता अभिवृद्धि भएको हो भन्ने ठान्नुपर्छ । त्यसले धेरै उपयोगिता प्राप्त हुन्छ भन्ने लाग्छ । दोस्रो भाषाका कारणले अर्को व्यक्तिसँगको निकटता क्षणभरमै ह्वात्तै बढ्छ । मैले नमस्कार भन्ने ठाउँमा अन्य देशका मित्रहरुसँग उहाँहरुकै भाषामा सम्वोधन गरिदिएँ भने त्यो व्यक्तिलाई आफूसँग अलि नजिक हो भन्ने लागिहाल्छ । मलाई पनि त्यो अनुभव भएको छ । यसबीचमा मैलै चिनियाँ राजदूतसँग धेरैवटा कार्यक्रममा भेटघाट भएको छ । पोखरा, लुम्बिनी र काठमाडौंमा भएका धेरैवटा कार्यक्रमहरुमा उहाँसँग भेटघाट गर्ने अवसर प्राप्त भएको थियो ।

म आजभन्दा १०, ११ वर्ष अगाडि चीन पहिलो पटक गएको थिएँ । चीन गएको बेलामा एयरपोर्टमा लिन आउने एकजना नेपाली भाषा बोल्ने सायोलिङ हुनुहुन्थ्यो चिनियाँ नाम । नेपालीमा उहाँको नाम राम राखिएको रहेछ । उहाँ हामीसँग दोभाषेको काम गरेर हिँडिदिनुभयो । त्यो हाम्रो दश दिनको यात्रा थियो । त्यतिबेला म नेपाल कांग्रेसको टिमको नेतृत्व गरेर गएको थिएँ । त्यतिबेला भेट भएका चिनियाँ नागरिक राम सायोलिङलाई आफ्नै दाइभाइ हो कि जस्तो पहिलो दिनमै लागिहाल्यो । पुरै यात्रामा उहाँसँग त्यहाँका बारेमा जानकारी लिन पाइयो भाषाकै कारणले । अरु अंग्रेजी भाषामा उल्था गर्ने जेन्याम भन्ने बहिनी हुनुहुन्थ्यो । उहाँ अंग्रेजी भाषा उल्थासम्बन्धी पढाइने कलेज पढ्नुभएको रहेछ । ढिलो गरी कुरा बुझिदिने र सजिलो गरी बताइदिने गर्नुहुन्थ्यो । मैले यस्ता थुप्रै अनुभवहरु बटुलेको छु ।

पछिल्लो पटक म एशियन ग्याममा चीन गएको प्रसंग पनि उहाँहरुलाई भन्न चाहन्छु । चीनमा आयोजित त्या एशिएन ग्याममा यति ठूलो व्यवस्थापन थियो कि त्यो देखेर यस्तो व्यवस्थापन कसरी सम्भव भयो भनेर पछि मैले गुगनमा हेरेको ५२ हजार त भोलेन्टिएर मात्रै हुनुहुँदोरहेछ । ती भोलेन्टियर साथीहरुले केही अगाडिदेखि अंग्रेजी भाषाको तालिम लिनुभएको रहेछ । चीनमा अग्रेजी भाषा दूर्लभ जस्तै छ । हाम्रो नेपालमा जति पनि चीनमा अंग्रेजी भाषाहरु सुनिँदैन, बोलिँदैन र पढिँदैन, कमै मात्र पढ्ने र प्रयोग गर्ने गरिन्छ । ती भोलेन्टियरहरुलाई भाषाभाषी ज्ञान दिइसकिएको, आथित्यताको हस्पिटालिटिमा भोलेन्टियरहरुले गर्नुपर्ने भूमिकाको ज्ञान उहाँहरुले प्रशिक्षण गरिरहेको पाइयो ।

जसले गर्दा ४÷५ दिन बस्दा हामीलाई निकै सहजता भयो । त्यसकारण भाषाले गर्दा धेरै ठूलो निर्वाह गर्दछ भन्नेमा कुनै दुविधा छैन । प्रत्येक भाषाका पछाडि एउटा दर्शन हुन्छ । भाषाका पछाडि ब्याकरण, ग्रामर, दर्शन, सभ्यता हुन्छ । त्यसले बोकेको एउटा इतिहास पनि हुन्छ । हरेक भाषाको आफ्नै मिठास हुन्छ । हामी एउटा भाषा बोलिरहेका हुन्छौं तर त्यसले थुप्रै कुराहरु बोकिरहेको हुन्छ । त्यसभित्र थुप्रै अभौतिक चिजहरु समेटिएको हुन्छ । त्यसकारण भाषा सिक्नु भनेको निकै महत्वपूर्ण कुरा हो । (मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन )

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...