प्राकृतिक सम्पदा र पर्यटनको आकर्षण
Tuesday Sep 09, 2025
वि.सं.२०८२ भदौ २४ मंगलवार १०:१५
काठमाडौं । केही समय अगाडि पोखरामा आयोजित दुईवटा कार्यक्रममा सहभागी भएको थियो । अन्नपूर्ण दिवस र महिला पर्याटन उद्यमीहरुको दुईवटा कार्यक्रममा सहभागि हुन जाँदा थोरै समय पाएर पर्यटन बोर्डमा छिरेको थिएँ । त्यहाँ पनि चिनियाँँ भाषामा प्रशिक्षण सुरु भएको रहेछ । क्लास छुट्टीभएर चिया खाइरहनुभएका दुई÷दुई जनालाई मैले अंग्रेजी र चिनियाँ भाषामा कुन सजिलो हुँदोरहेछ भनेर सोधेँ । त्यसपछि एक÷दुई जनाले अंग्रेजी सानैदेखि पढियो त्यसकारण सजिलो लाग्यो । तर, नसिकुन्जेल दुवै अप्ठ्योरो सिकेपछि दुवै सजिलो लागेको छ भनेर उहाँहरु बताउँदै हुनुहुन्थ्यो । नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने ध्येय हाम्रो जुन छ । यो ध्येयबाटै नेपालमा स्वरोजगार अभिवृद्धि गर्ने लक्ष्य छ । त्योसँगै नेपालको जिडिपीमा योगदान गर्ने उद्देश्य छ । त्यसका लागि हामीसँगका एक÷डेढ अर्बबढी जनसंख्या बोकेका दुईवटा छिमेकी देशहरुमा भारतीयहरुले बोल्ने हिन्दी भाषा र चिनियाँँहरुले बोल्ने चाइनिज भाषाको ज्ञान हुने हो भने धेरै सहज हुन्छ ।
नेपालीहरुको लागि हिन्दी भाषा शब्द, लिपी र उच्चारणका हिसाबले धेरै सहज छ । हिन्दी, नेपाल र अरु थुप्रै भाषाहरुको जननी भाषा संस्कृत हो । नेपाली र हिन्दी भाषाका अधिकांश शब्द संस्कृति भाषासँग जोडिएका छन् । व्याकरण पनि यदाकदा मिल्दाजुल्दा छन् । अलिकति ध्यानदिने बित्तिकै सिक्दालाई धेरै सजिलो छ । त्यसले गर्दा हामी भारतमा जाँदा र भारतीयहरु नेपालमा आउँ्रदा बोलिचालीमा धेरै सहजता हुन्छ । कसरी सहजता भयोभन्दा भाषाको कारणले । त्यसैगरी चिनियाँँ भाषासँग हाम्रो सम्बन्ध निकै पुरानो हो । नेपालीहरु व्यापार व्यवसायका लागि चीन जाने पुरानो चलन हो । लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘मुनामदनको’ खण्डकाव्य छ । त्यो खण्डकाव्यको मर्म हेर्दा हामी चीनसँग भाषामा पहिलादेखि व्यापारिक सम्बन्ध थियो भन्ने देखाउँछ । कतिपय त्यो बेला लासा जानुभएका मानिसहरु त्यही हुनुहुन्छ । नेपालीले चिनियाँ भाषा जान्ने र चिनियाँँले नेपाली भाषा जान्ने अन्यको तुलनामा कम छ । यहाँ चिनियाँ आउनुभयो उहाँलाई हामीले चिनियाँ भाषामा पथप्रदर्शकको भूमिका निर्वाह गर्न सक्यौं भने त्यो हामी नेपालीका लागि ठूलो सम्पत्ति हुन्छ ।
यो कुरामा मध्यनजर गर्दै सरकारले लिनुपर्ने नीति र पर्यटन बोर्डले देखाएको तदारुकता देखाएको छ । यो अहिले सातौंपटक चल्दैछ । र, नेपाल–चीन सांस्कृतिक तथा शैशिक परिषद् जस्ता संस्थाहरुले जे प्रयत्न गर्नुभएको यसले धेरै भूमिका निर्वाह गर्दछ भन्ने लाग्छ । किन कि पर्वतारोहणका निम्ति, पर्यटन प्रकृतिको निम्ति लाभ लिनलाई चिनियाँँहरु आउनुहुन्छ । हाम्रो संस्कृतिको लाभ लिनलाई आउनुहुन्छ । यहाँ पृथ्वीको कुनै घमण्ड गरेर भनेको होइन । त्यसकारण चीनका साथीहरुसँग हामी भन्न सक्छौं चीनका अगाडि हाम्रो सानो देश छ भूगोलको हिसाबले । त्यसैगरी जनसंख्याको हिसावले पनि सानो देश छ । तर, प्रकृतिको विविधताले यति ठूलो छ कि त्यसको अवलोकन तपाईंहरु नेपाल आइदिनुहोस् । तपाईंहरु जति आउनुहुन्छ त्यति लाभान्वित हुनुहुन्छ । पोखरा पुगेर पनि भन्ने गरेको छु मैले नेपालको आकासमा जति पटक उड्न पाउँछु नेपालको दृश्यावलोकनले अघाउने स्थिति नै हुँदैन । हेरिरहुँ, देखिरहुँ र घुमिरहुँ जस्तो लाग्छ । पछिलो समय त अझ जताततै हराबरा भए छ, कुनै बेला ३० प्रतिशतमा झरिसकेको वनजंगल अहिले ५० प्रतिशत बढी हरियालीमा परिणत भइसकेछ ।
जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिएर झरिरहेका छन् त्यसले नकारात्मक असर परिरहेको तर त्यसलाई संरक्षण गर्नको लागि प्रयत्न पनि त्यत्तिकै भइरहको छ । भरखरै मात्र हामीले त्यसको लागि ‘सगरमाथा संवाद’को आयोजना गरेका छौं । चिनियाँँहरुले सामान्यतया धर्मको कुरा गर्नुहुन्न यदि गरिहाल्नुभयो भने बुद्धिजमको कुरा गर्नुहुन्छ । लुम्बिनी यहाँ छ, तपाईंहरु त्यसलाई हेर्नको लागि नेपाल आइदिनुहोस् । चिनियाँँहरु नेपाल भ्रमणमा आएको बेला अंग्रेजीमा नभएर चिनियाँँ भाषामा उहाँलाई पथप्रदर्शकको भूमिका निर्वाह गर्न सकियो, हाम्रो बारेमा उहाँले बुझ्ने गरी बताउन सकियो भने । हामीहरु र उहाँहरु दुवैलाई फाइदा हुन्छ । पछिल्लो समय युवावर्गले यस विषयमा ध्यान दिएको छ ।
यसलाई युवापुस्ताले आफ्नो व्यवसाय बनाएर तप्परताका साथ अगाडि बढ्छ भन्ने लाग्छ । चीनसँग हाम्रो सांस्कृति, भाषिक, कूटनीतिक र व्यापारिक सम्बन्धहरु, हामीहरुले एकअर्कालाई पु¥याउनुपर्ने सहयोगको सम्बन्ध, सम्बन्धको प्रगाढ्दा र गहिराइलाई थप परिभाषित गर्दछ त्यो दिशामा । त्यसको लागि भाषा प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्न लाग्छ । एक प्रकारले हाम्रा चिनियाँँ भाषा सिक्ने नेपालीहरुले दुई देशबीच सांस्कृतिक दूतको रुपमा काम गर्न सक्नुहुन्छ । दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने भनेको दुई देशबीचको सांस्कृतिक दूतको भूमिका निर्वाह गर्नु हो । यो काम गर्न सक्नुहुन्छ, त्यसका निम्ति भाषा सिक्दै गर्नुपर्छ । भाषाको कारणले मानिसलाई यो संसारका जुनसुकै कुनामा पुगेपछि नजिक बनाउँछ ।
विश्वप्यापीकरणको यो जमानामा कुनै पनि देश एक्लै बाँच्दै, टिक्दैन र उभिन सक्दैन किन भने अहिले विश्वसँग नै सहकार्य गर्नुपर्छ । अहिले त्यस्तो जमाना आएको हामी सबैलाई थाहै छ । अर्को के हो भने आफ्नो अर्को एउटा योग्यता अभिवृद्धि भएको हो भन्ने ठान्नुपर्छ । त्यसले धेरै उपयोगिता प्राप्त हुन्छ भन्ने लाग्छ । दोस्रो भाषाका कारणले अर्को व्यक्तिसँगको निकटता क्षणभरमै ह्वात्तै बढ्छ । मैले नमस्कार भन्ने ठाउँमा अन्य देशका मित्रहरुसँग उहाँहरुकै भाषामा सम्वोधन गरिदिएँ भने त्यो व्यक्तिलाई आफूसँग अलि नजिक हो भन्ने लागिहाल्छ । मलाई पनि त्यो अनुभव भएको छ । यसबीचमा मैलै चिनियाँ राजदूतसँग धेरैवटा कार्यक्रममा भेटघाट भएको छ । पोखरा, लुम्बिनी र काठमाडौंमा भएका धेरैवटा कार्यक्रमहरुमा उहाँसँग भेटघाट गर्ने अवसर प्राप्त भएको थियो ।
म आजभन्दा १०, ११ वर्ष अगाडि चीन पहिलो पटक गएको थिएँ । चीन गएको बेलामा एयरपोर्टमा लिन आउने एकजना नेपाली भाषा बोल्ने सायोलिङ हुनुहुन्थ्यो चिनियाँ नाम । नेपालीमा उहाँको नाम राम राखिएको रहेछ । उहाँ हामीसँग दोभाषेको काम गरेर हिँडिदिनुभयो । त्यो हाम्रो दश दिनको यात्रा थियो । त्यतिबेला म नेपाल कांग्रेसको टिमको नेतृत्व गरेर गएको थिएँ । त्यतिबेला भेट भएका चिनियाँ नागरिक राम सायोलिङलाई आफ्नै दाइभाइ हो कि जस्तो पहिलो दिनमै लागिहाल्यो । पुरै यात्रामा उहाँसँग त्यहाँका बारेमा जानकारी लिन पाइयो भाषाकै कारणले । अरु अंग्रेजी भाषामा उल्था गर्ने जेन्याम भन्ने बहिनी हुनुहुन्थ्यो । उहाँ अंग्रेजी भाषा उल्थासम्बन्धी पढाइने कलेज पढ्नुभएको रहेछ । ढिलो गरी कुरा बुझिदिने र सजिलो गरी बताइदिने गर्नुहुन्थ्यो । मैले यस्ता थुप्रै अनुभवहरु बटुलेको छु ।
पछिल्लो पटक म एशियन ग्याममा चीन गएको प्रसंग पनि उहाँहरुलाई भन्न चाहन्छु । चीनमा आयोजित त्या एशिएन ग्याममा यति ठूलो व्यवस्थापन थियो कि त्यो देखेर यस्तो व्यवस्थापन कसरी सम्भव भयो भनेर पछि मैले गुगनमा हेरेको ५२ हजार त भोलेन्टिएर मात्रै हुनुहुँदोरहेछ । ती भोलेन्टियर साथीहरुले केही अगाडिदेखि अंग्रेजी भाषाको तालिम लिनुभएको रहेछ । चीनमा अग्रेजी भाषा दूर्लभ जस्तै छ । हाम्रो नेपालमा जति पनि चीनमा अंग्रेजी भाषाहरु सुनिँदैन, बोलिँदैन र पढिँदैन, कमै मात्र पढ्ने र प्रयोग गर्ने गरिन्छ । ती भोलेन्टियरहरुलाई भाषाभाषी ज्ञान दिइसकिएको, आथित्यताको हस्पिटालिटिमा भोलेन्टियरहरुले गर्नुपर्ने भूमिकाको ज्ञान उहाँहरुले प्रशिक्षण गरिरहेको पाइयो ।
जसले गर्दा ४÷५ दिन बस्दा हामीलाई निकै सहजता भयो । त्यसकारण भाषाले गर्दा धेरै ठूलो निर्वाह गर्दछ भन्नेमा कुनै दुविधा छैन । प्रत्येक भाषाका पछाडि एउटा दर्शन हुन्छ । भाषाका पछाडि ब्याकरण, ग्रामर, दर्शन, सभ्यता हुन्छ । त्यसले बोकेको एउटा इतिहास पनि हुन्छ । हरेक भाषाको आफ्नै मिठास हुन्छ । हामी एउटा भाषा बोलिरहेका हुन्छौं तर त्यसले थुप्रै कुराहरु बोकिरहेको हुन्छ । त्यसभित्र थुप्रै अभौतिक चिजहरु समेटिएको हुन्छ । त्यसकारण भाषा सिक्नु भनेको निकै महत्वपूर्ण कुरा हो । (मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन )

























