CG Electronics
IME Life
NIMB

विकास कि विनाश ?  वातावरण–अनुकूल पूर्वाधारका पाँच प्रतिवद्धता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

पूर्वाधार क्षेत्रको विकास देशको आवश्यकता

–देवेन्द्र दाहाल

 

पूर्वाधार क्षेत्रको विकास देशको आवश्यकता

काठमाडौं । नेपाालमा हरेक वर्ष वर्षाका कारण बाढी, पहिरो, डुबानजस्ता मनसुनजन्य घटना घटने गरेका छन् । यसले हाम्रो भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पु¥याउने गरेको छ । प्राकृतिक विपत्तीबाट हामी आक्रान्त भएका छाँै । यसलाई सामना गर्न सरकारले योजना बनाएको छ । योजना बनाउने क्रममा पहिलो प्रथामिता उद्धारको काम हो । बाढी, पहिरोबाट भौतिक संरचनाहरु नष्ट हुन्छन्् ।

बाढी पहिरोको विपतबाट सडकहरु भत्किने, पुलहरु भत्किने सडकहरु अवरुद्ध हुने गर्छन् । ती सडकहरुको कति स्तरसम्मको क्षति हो भनेर हेरिसकेपछि त्यसको मूल्याङ्कनका आधारमा हामी दुई चरणमा काम गर्छौं । एउटा भनेको तत्काल सडकहरु खोल्ने र अर्काे पुनःनिर्माणको काम गर्छांै । पुनःनिर्माणको काम अलि ढिलै भएपनि सडक खोल्ने काम चाहिँ चाँडो नै हुनेछ । यस्तै कति सडकहरु ड्राइभसन खोलेर अस्थायी रुपमा यातायात सञ्चालन गर्ने काम हुन्छ । यस्तै सडक बनाउने कुरालाई उच्च प्राथमिकता दिएका छौँ ।

जथाभावी रुपमा खनिएका सडकहरु, मापदण्डविपरीत सञ्चालन गरिएका क्रसर उद्योगका कारण वातावरण विनाश भई अहिलेको जस्तो विपत्तीहरु निम्ताइरहेका छन् । आगामी दिनमा यस्ता विपद्हरु बढ्दै जाने भनिएको छ । यसलाई व्यवस्थापन गर्दै विकास र वातावरण सन्तुलन गरेर अगाडि बढनुपर्ने आवश्यकता छ । क्रसर उद्योग पनि चाहिन्छ । निर्माण सामग्री पनि चाहिन्छ तर जथाभावी रुपमा खोल्ने कुरालाई रोक्नुपर्छ ।

हामी कडाइका साथ यो काममा लागेका छौँ । क्रसर उद्योगकै कारण यो किसिमको विनास भयो भन्ने कुराहरु पनि आएको छ । वातावरणीय सन्तुलनको हिसाबले पनि बेठीक छ । यसो हुँदा यसलाई निश्चित मापदण्ड र निश्चित स्थानहरु तोकेर अगाडि बढ्नुपर्छ । जथाभावी रुपमा सडक खनेर डोजरे विकास भयो भन्ने पनि छ । अधिकांश स्थानीय तहबाट हुने विकास निर्माणको काम मापदण्ड विपरीत रहेका छन् । सडक निर्माण गर्दा वातावरणमैत्री हुनुपर्छ । वातावरण र विकासलाई सन्तुलन गरेर अगाडि बढाउन स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रभावकारी रुपमा कार्यान्वयन गरेर पूर्वाधार विकासको गतिविधिलाई अगाडि बढाउनेतर्फ मेरो सक्रिय पहल हुनेछ ।

सुरुङमार्ग उचित विकल्प
नेपाल जस्तो भौगोलिक अवस्था भएको क्षेत्रमा सुरुङमार्ग उचित विकल्प रहेछ । सुरुङ युगमा त हामी प्रवेश नै गरिसकेका छाँै । सबैभन्दा पहिले नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्नेछाँै । नेपालमा सुरुङमार्गको पहिलो अभ्यास भएको छ । सडकलाई छोटो बनाउने र घुमाउरो सडकलाई एकदमै नजिक बनाउने कुरामा सुरुङमार्गको महत्वपूर्ण भूमिका रहेको छ । कतिपय वैकल्पिक मार्गहरु पनि नहुँदा सुरुङमार्गले पनि काम गरेका छन् । खास भन्ने हो भने नागढुङ्गा सुरुङमार्गले त्यति बनाउने नभए पनि यसले अप्ठ्यारो पर्दा उद्धारमा सहज बनाउने रहेछ भनेर हामीले थाहा पायौँ । किनभने गत वर्ष पहिरोका कारण रोकिएका गाडीहरु नागढुङ्गा सुरुङमार्ग भएर हामीले काठमाडौँ प्रवेश गराएका थियौँ । यसो हुँदा बाटो छोट्याउन, वातावरणीय सन्तुलनलाई कायम राख्न, वातावरण संरक्षण गर्न पनि सहज गर्न सुरुङमार्गको आवश्यकता छ । तराई मधेश दू्रतमार्गमा त धेरै सुरुङमार्गहरु बनिरहेका छन् । अरु पनि सुरुङमार्गहरु बनाउने तयारी भइरहेको छ । यसो हुँदा सुरुङमार्गलाई प्रथामिकता नै दिएर अगाडि बढ्ने योजना बनाएका छौँ ।
रेलमार्गको चर्चा

रेलमार्गको चर्चा पनि छन । रेलमार्गका कुरा २०६६÷६७ देखि नेपालमा सुरु भएको हो । तर अलि यसले अलि बढी चर्चा २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पालादेखि सुरु भएको हो । अझै नेपालमा रेल आवश्यक छ कि छैन भन्ने पनि बहस छ । पूर्व–पश्चिम रेलमार्गको औचित्य छ कि छैन भन्ने पनि वहश छ । पूर्व–पश्चिमको चार वटा सडकहरु त बनिसकेका छन् । हुलाकी मार्ग, मुख्य राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग रहेका छन् । यी पूर्वदेखि पश्चिमका सडक भएपछि रेलमार्ग किन चाहियो भन्ने बहस पनि चलेको छ ।

तर यो विषय नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका लागि मात्रै होइन । यो दक्षिण एसियाका रेल सञ्जालसँग जोड्ने र व्यापार व्यवसायलाई सहज बनाउने कुरासँग जोडिएको छ । यसले गर्दा पूर्व–पश्चिम रेलमार्ग अति आवश्यक छ । तर अहिले स्रोत र साधनको अभावका कारणले गर्दा तत्काल निर्माण गर्न कठिनाई छ । हामीले बर्दिबाससम्मको रेल सञ्जाललाई पहिलो प्राथमिकता दिएका छौँ । त्यो बर्दिबासमा आउन पनि लागेको छ । यो बिजरपुरासम्म त आइसकेको छ । बिजरपुरादेखि १८ किलोमिटर आइसकेपछि बर्दिबास आइपुग्छ । बर्दिबाससम्म रेल तुरुन्तै ल्याउँदैछौँ । अहिले जनकपुरदेखि जयनगरसम्म रेल चल्दैछ । बर्दिवाससम्म पनि आउँछ । बार्दिबाससम्म रेल ल्याउने र बर्दिबासदेखि निजगढसम्म जोड्ने र द्रुतमार्गबाट काठमाडौँसँग जोड्ने भन्ने हाम्रो योजना हो । त्यो चाहिँ हामी आयोजनाकै रुपमा तुरुन्तै गर्दैछाँै । पूर्व–पश्चिम रेलमार्ग पनि जनताको मुआब्जा वितरण गर्दै अगाडि बढ्ने हाम्रो सोचाइ रहेको छ ।

यातायातका क्षेत्रमा भएका प्रगति भनेको, लाइसेन्स र एम्बुस नम्बर नै हो । हाम्रो समस्या भनेको मुख्य त यिनै हो । ड्राइभिङ लाइसेन्स हकमा चाहिँ यो प्रदेशको अधिकार हो । सम्पूर्ण यातायातको अधिकार नै प्रदेशको अधिकार हो । यातायतको सन्दर्भ चाहिँ प्रदेशले सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो सोचाइ हो । मेरो संयोजकत्मा एउटा समिति रहेको हुन्छ, प्रदेशका सम्बन्धित मन्त्रीज्यूहरु त्यसको सदस्य हुनुहुन्छ । सङ्घीयताको मर्मअनुसार आ–आफ्नो अधिकार प्रयोग गर्ने कुरामा हामी प्रतिवद्ध छौँ । स्मार्ट लाइसेन्सको सवाल छ, त्यो प्रदेशले गर्छ ।

गत शुक्रबार मात्रै पनि बागमती प्रदेशबाट स्मार्ट लाइसन्स छाप्ने, त्यसमा क्यूआरकोड राख्ने र फोटो राख्ने कामको थालनी भएको छ । स्मार्ट लाइसेन्समा सम्बन्धित व्याक्तिको वितरण हुनेछ । त्यसको लागि वितरणहरु पढ्ने उपकरण ट्राफिकलाई बाँढ्ेका छौँ । यसो हुँदा लाइसेन्समा चिप्स नराखे पनि हुन्छ । त्यो चिप्स कसैले पनि पढेका छैनन् । त्यो महङ्गो पनि हुन्छ । हाम्रो नियमवालीमा भएको चिप्स राख्नुपर्ने प्रावधानलाई संशोधन गरेर हामीले बिना चिप्सका तर पक्का लाइसन्स वितरण गर्ने सोचेका छौँ । त्यसका लागि प्राविधिक सहयोग केन्द्रले गर्छ । यातायात व्यवस्था विभागबाट सबै प्रदेशमा त्यसको सहजीकरण हुन्छ । प्रदेश प्रदेशबाट लाइसन्स वितरण हुनेछ । र एम्बुस नम्बर प्लेटको पनि अहिलेसम्म हामीले नै गरिरहेका छौँ । त्यो पनि हामी प्रदेशलाई नै हस्तान्तरण गर्नेछौँ ।

सडक सुरक्षाको विषय
हामीले सडक सुरक्षाको विषयलाई गम्भीरताका साथ लिदै स्थिति के भइरहेको रहेछभन्दा अहिलेसम्म कामचलाउ मात्रै रहेछ । सडक सुरक्षासम्बन्धी कानुन पनि रहेनछ । सडक सुरक्षा ऐनको हामीले मस्यौदा बनाउका छौँ । यो अन्तिम अवस्था पुगेको छ । यसपछि सबै सडकमा अनिवार्य सडक सरक्षाको उपायहरु राख्नुपर्ने कुरा लागू गर्छौं । जनचेतनाका कुराहरु छन् । अहिलेसम्म भएको दुर्घटनाहरुको पनि अध्यायन गर्नुपर्छ । ती दुर्घटनाहरु सडकका कारण भएका छन् कि चालकका कारण भएका हुन् कि वा गाडीको अवस्थाका कारण भएका हुन् कि भनेर अध्ययन गर्नुपर्छ ।

अलिलेसम्म के देखिएको छ भने सडकका कारण ठूलो दुर्घटना भएको पाइएन । चालकको लापरबाहीका कारणले नै अलि बढी दुर्घटना भएको पाइयो । यसो हुँदा चालकलाई प्रशिक्षण दिनुपर्नेछ । गाडीको जाँज गर्नुलाई अनिवार्यता गर्नुपर्छ । सडक सुरक्षाका विषय यिनै हुन् । अनिवार्य रुपमा सडक सुरक्षासम्बन्धी प्रावधानहरु लागू गर्नुपर्ने हुन्छ । हाम्रो मन्त्रालयले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी हामी दिन्छौँ । त्यसमा हामी प्रतिबद्ध छौँ । खासगरी चालु आयोजनालाई अगाडि बढाउने नै हाम्रो मुख्य प्राथमिकता रहेको छ । जनताका जीवनसँग जोडिएका सडकलाई प्राथमिकता दिनेछु । त्यसमध्ये नागढुङगा मुग्लिङ–पोखरा सडकको स्तारोन्नति गर्नैछ, नारायणघाट–बुटवल सडकलाई पनि चाँडो निर्माण गर्न निर्माण कम्पनीलाई हामीले भनिसकेका छौँ । हुलाकी राजमार्ग पूर्ण रुपमा सञ्चालन गर्ने योजना छ । मदनभण्डारी राजमार्ग पूरा हुन लागेको छ । उत्तर–दक्षिणका करिडोरका विभिन्न सडकहरु पूरा गर्नेछौँ । यति सडक निर्माण भइसक्दा सडक सञ्जाल विस्तार हुनुको साथै व्यापार बढेर स्वरोजगार पनि बढ्ने विश्वास लिएको छु ।

वातावरणको विषय
कसरी वातावरण र जलवायु परिवर्तनलाई हामी नियन्त्रण गर्न सकिन्छ । त्यसबाट विश्वलाई कसरी बँचाउन सकिन्छ भन्ने एउटा ठूलो विषय हो । जलवायु परिवर्तन अहिले ग्लोबल चुनौतीको विषय बनेको छ । यो मानव जातिसँग सम्बन्धित छ । सँगै वातावरण संरक्षणका कुरा हामं्रो अरु क्रियाकलाप र ब्यापक जनचेतनासँग सम्बन्धित रहेको छ । त्यसैले यसमा जति लागिपरेका छौं त्यतिले मात्रै पनि जलवायु परिवर्तनका विषयमा खासगरी अहिले हामी केन्द्रित भएर कुरा गरिरहँदा पनि प्लाष्टिक पोलुसनलाई घटाउनको लागि के गर्ने भन्ने सन्दर्भमा बहस, छलफल र जनचेतना जगाउने काम गर्नुपर्छ । प्लास्टिक र प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने कारखानाको स्थापना मान्छेले नै गरेको हो । त्यो हामीले नै उत्पादन गरेका हौं ।

हिजो हामीले आवश्कताको धारमा आविस्कार र उत्पादन गरेका हौं । त्यसैले आज हानिकारक सावित भएपछि त्यसको न्यूनिकरण र नियन्त्रण गर्न हामीले नै सक्छौं । जस–जसले त्यसमा लगानी गरेर व्यवसायको रुपमा सञ्चालन गर्नुभएको छ । त्यसलाई विस्तारै घटनाउँदै अर्को व्यवसायतिर लाग्नुप¥यो । यसलाई नियन्त्रण र न्यूनिकरण गर्नै नसकिने विषय होइन । तर, त्यसको लागि धेरै कुराहरुको तयारी गर्नुपर्ने देखिन्छ । हामीले गर्ने हरेक दैनिक क्रियाकलापहरु वातावरणमैत्री हुन आवश्यक छ । वनजंगल संरक्षण र सुरक्षाको आवश्यकता छ ।

इलेक्ट्रिक भेइकल, इलेक्ट्रिक चुल्हो, प्रयोग र दाउरा बाल्ने कुराको कटौती गर्ने विषय छ । त्योसँगै भौतिक संरचनाहरु वातावरणमैत्री बनाउन सुरु गरिएको छ । त्यससम्बन्धमा डिजाइनदेखि निर्माणसम्ममा बहस, छलफल हुन थालेको छ । हाम्रो देशमा फोहोरमैला व्यवस्थापन गर्ने सन्दर्भमा ट्रकमा फोहोर उठाएर लाँदा खुल्ला लगिने गरिन्छ त्यसरी लानै पाइँदैन पहिलो कुरा । दोस्रो कुरा फोहोर जहाँ जम्मा गरिन्छ त्यो खुल्ला राख्नुभएन, छोपेर राख्नुपर्छ । त्यसमा राज्य र सर्वसाधारण सबैले ध्यान दिन जरुरी छ । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, चितवनजस्ता ठूलो जनसंख्या र घनावस्ती भएका शहरहरुका जनप्रतिनिधि, सर्वसाधारण र कर्मचारीहरुले वातावरण संरक्षणको सहकार्य र सहयोग गर्नुपर्छ ।

देशभरका पालिकाहरुले आ–आफ्नो क्षेत्रमा त्यसको नेतृत्व गर्नुपर्छ । अझ महानगरपालिकाहरुले त झनै बढी ध्यान दिन जरुरी छ किन भने त्यहाँ घनावस्ती छ । फोहोरहरु बढी उत्पादन हुन्छ, समयमै व्यवस्थापन हुन सकेन भने तुरुन्तै असर गर्दछ । त्यसकारण त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा कामहरु गर्नुपर्छ । सरकार, बालिकाहरु र सम्बन्धित निकायले मात्रै गरेर हुँदैन सम्पूर्ण जनताले यसमा साथ दिनुपर्छ । आमजनताले साथ दिएनन् यसमा हामीले सफलता हासिल गर्न सक्दैनौं । यहाँ वातावरण संरक्षणको चर्चा गरिरहँदा हामीसामु विज्ञहरु पनि हुनुहुन्छ, त्यसकारण मैले धेरै विज्ञता प्रकट गर्न सक्दिँन । वातावरणको संरक्षणको सवाल हामी सबैको भएकोले यसमा सबैको हातमालो आवश्यक छ । यसमा सबैले अग्रसरता लिनुपर्छ ।

प्लास्टिकजन्य उत्पादन मानव जीवनको लागि सबै बेफाइदा नै बेफाइदा छ । प्लाष्टिकका झोला, सामानहरु प्रयोगका लागि जति सुजिलो छ, त्यत्तिकै हानिकारक छ । प्लास्टिकन्य सामानहरु प्रयोग गर्न थोरै सजिलो भए तापनि यसले धेरै हानीनोक्सानी पु¥याइरहेको हुन्छ । किन भने यसले पर्यावरणीय असर गर्नेरहेछ, समुन्द्रमा फोहोरमैला गर्ने विषय छ, खाद्यजन्य पद्धार्थमा संलग्नको कुराहरु आएका छन् । प्लास्टिकका भाँडाहरुमा लामो समय खाना राखियो भने त्यसको रसायन पनि मिसावट हुन्छ भन्ने कुरा आइरहेका छन् । जनावरहरुलाई यसले असर गर्ने रहेछ, समुन्द्रमा भएका प्लास्टिकका टुक्राहरु खाएर माछालाई असर पारेको कुराहरु आएका छन् ।

प्लास्टिकलाई माटोमुनि पुरेर राख्दा पनि माटो बिगार्ने र बाहिर राखेर जलाउँदा पनि त्यसबाट आउने धुवाले मानिसको स्वास्थ्यदेखि वातावरणलाई असर पु¥याउने रहेछ । त्यसैले गर्दा प्लास्टिकलाई कहिँ राखेर नष्ट गर्न खोज्दा पनि वातावरणीय असरलाई न्यूनिकरण गर्न नसकिने रहेछ । त्यसकारण यसको उत्पादन नै बन्द किन नगर्ने ? त्यसका चुनौतीहरु धेरै छन् त्यसैले विस्तार–विस्तार घटाउँदै लानुपर्छ । त्यसको उपयुक्त विकल्पको खोजी गर्न जरुरी छ । किनभने हामीहरु सानोदेखि ठूलोसम्म प्लास्टिकका सामानहरु प्रयोग गर्दछौं । भौतिक संरचना निर्माणदेखि घरायसी प्रयोगमा ल्याइने अधिकांश सामानहरु प्लास्टिकका प्रयो गरिराखेका छौं ।

 

अब प्लास्टिकका सामानको सट्टा कागज, बेतबाँस, काठ र माटोबाट निर्मित सामानहरु प्रयोग गर्ने बानी बसाल्नुपर्छ । यस्ता सामानहरु प्रयोगमा ल्याएर प्लास्टिकका सामानहरु विस्तारै विस्तावित गर्दै जानुपर्छ । त्यसको लागि म फेरि पनि भन्न चाहन्छु, गोष्ठी, सेमिनार, कार्यक्रम र छलफलमा मात्रै यसलाई सीमित नगरौं व्यवहारिक जीवनमा पनि यसलाई आत्मसात गर्दै अगाडि बढौं । यो बहस जसरी अगाडि बढेको यसलाई दूरदराजका सर्वसाधारण जनतासम्म पु¥याउन जरुरी छ । त्यसको लागि त्यहाँका जनसाधारणमा जनचेतना अवृद्धि गर्न आवश्यक छ । अर्को डिप्लामो इन्जिनियर्स परिषद् भनेर धेरै पहिलादेखि अगाडि आएको रहेछ । म यसमन्त्रालयमा आएदेखि नै यो विषय ठोस ढंगले अगाडि बढेको छ ।

यसमा कहिले कानूनमन्त्रालयले इन्जिनियरर्स काउन्सिलमा मिसाउने कुराहरु गर्दोरहेछ, कहिले के गर्दोरहेछ । छुट्टै संस्था खडा गर्दा बढी खर्च भन्छ भन्ने हिसाबले मैले अर्थमन्त्रालयलाई सहमति नदिएको अवस्था छ । तर, पनि हामीले आवश्यकता छ भनेर यसलाई अगाडि बढाएका छौं । यो निकै अगाडि बढिसकेको छ । कानूनमन्त्रालयले यसलाई एप्रुभ गरिसकेको छ । अब अर्थमन्त्रालयले स्वीकृत गरिसकेपछि यो अगाडि बढ्छ । म मन्त्री भएर आइसकेपछि नै यो ठोस ढंगले अगाढि बढेको हो । यसलाई तार्किक निष्कर्षमा पु¥याउनको लागि पनि मेरो भूमिका रहने छ । हाम्रो देशमा ओभरसियरहरुको संख्या ठूलो मात्रामा छ, जसलाई हामी डिप्लोमा इन्जिनियर भन्छौं । औपचारिक रुपमा ३५ हजारमाथि भनिए तापनि ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा पनि छन् । यसलाई संगठित गरेर गुणस्तरयुक्त र व्यवसायिक बनाउनको लागि यहाँहरुको पनि हात रहने छ । प्रारम्भिक रुपमा डिजाइनलगायत अधिकांश कामहरु यहाँहरुबाटै सुरु हुन्छ । गुणस्तर अलि खस्किँदै गएको अवस्था छ ।

गुणस्तरलाई अगाडि बढाउन र कायम गराउनको लागि यो संगठनको त्यसभित्र रहेका विभिन्न व्यक्तिहरुको भूमिका अवश्य रहने छ भन्ने अपेक्षा गरिएको छ । यसैबाट अलिकति अप्ग्रेड हुने हो इन्जिनियर भनेको । ओभरसियर र इन्जिनियरहरु मिलेर डिजाइनका कामहरु गर्ने हो । हाम्रा संरचनाहरुमा धेरै समस्याहरु आएका छन् । त्यो समस्या कहाँनेर छ भनेर हामीले हेरिहेका छौं । पुल बनायो बनाउँदा बनाउँदै जिम्मा नलगाइकन भासिने, भाँचिन र चुडिने गर्छन् । अहिले देशभार दुई÷तीवटा पुलको विषय उठिरहको छ । त्यसमा एउटा सिन्धुलीस्थित कमलाको पुल, कन्काइ नदीको पुल र जग्दीघाटको पुल रहेका छन् । त्यत्रो खर्च गरेर निर्माण गरेको जब्दीघाटको पुल त म आफैं गएर हेरेँ । यति लामो पुल रहेछ कि धेरै खर्च हुने । अब त्यो पुन निर्माण सम्पन्न गर्न २ अर्बभन्दा बढी खर्च हुन्छ । तर, भत्किएको अल पर पुगेपछि भत्कियो त्यहाँदेखि उता खोलाले बगायो ।

खोलो तर्नको लागि पुल बनाउने अनि पुलै खालाले बगायो भने त्यो कसरी पुल भयो ? यो कुरामा चाहीं गम्भीर भएर ध्यान दिन जरुरी छ । मैले यहाँ किन उठाएको भन्दा सरोकारवालाहरुमा तपाईंहरु पनि हुनुहुन्छ । त्यसकारण बनिरहेका जतिपनि संरचनाहरु छन् तिनीहरुको गुणस्तरमा ध्यान दिनुपर्छ । उता कमला र कन्काइ नदीको पुल पनि त्यस्तै भएको छ । किन त्यस्तो हुन्छ कुरा अध्ययन, अनुसन्धन गरेर हामीहरुलाई सुझाव दिनुप¥यो । म यो मन्त्रालयमा आइसकेपछि एउटा बिग्रिको कुरा त्यो भएको छ ।

यसमा काम गर्ने सम्बन्धित निकाय, सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरुले पनि ध्यान दिन जरुरी छ । किन भने विकास निर्माण संघ, प्रदेश र स्थानीय जुन तहले गरेको भएपनि र जसले बनाएको भएपनि उपभोक्ता भनेका सम्बन्धित क्षेत्रका स्थानीय व्यक्ति नै हुन् । त्यसकारण आफ्नो आसपासमा भएका विकास निर्माणका काममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला र सर्वसाधारणले पनि हातेमालो गर्नुपर्छ । त्यसमा निर्माणपक्षको दायित्व र जिम्मेवारी छ नै । यदि त्यसो हुन सकेमात्र भौतिक संरचनाहरु बलियो र दीर्घकालीन हुन्छन् । (दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनहुन्छ)

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...