CG Electronics
IME Life
NIMB

कजारियाको नयाँ शोरूमको दमक, बेलडाङी रोडमा भव्य रूपमा उद्घघाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

दमक । अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमकमा अत्याधुनिक शोरूम उद्घघाटन मार्फत नेपालभरि आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
उद्घघाटन समारोहमा सम्मानित दमक नगरपालिकाका मेयर श्री राम कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक श्री हिमांशु अग्रवाल समेत उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम लाई थप उर्जा मिस नेपाल वल्र्ड २०२५ सुश्री लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५, सुश्री उरुषा भण्डारी को उपस्थितिले दिएको थियो। श्री राम कुमार थापा द्वारा रिबन काट्दै नेपालमा कजारियाको यो नयाँ अध्यायको औपचारिक सुरुवात गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै, श्री राम कुमार थापाले भन्नुभयो, “यो शोरूम संचालाना गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो। हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौं, र यो शोरूमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानहरूको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ।”
साथै कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक श्री हिमांशु अग्रवाल ले कजारियाको ग्राहक–केन्द्रित दृस्टीकोणलाई उजागर गर्दै भन्नुभयो, “कजारियामा हाम्रो लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो। यो शोरूम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकहरूलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत चयनसँग प्रत्यक्ष जोड्नेछ।”

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०ह१२० सेमी, ६० ह ६० सेमी, १९.५ह१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०ह४० सेमी) र सिरामिक वाल टाइल्स (३०ह६० सेमी, ३०ह४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

 

 

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...