CG Electronics
IME Life
NIMB

पदभार ग्रहणपछि महावीरले भने : मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु

NIMB
Himalayan Bank

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।
आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका छन् ।उनले भने, ‘मलाई मन्त्री क्वाटर चाहिंदैन् । सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यही एउटा कोठा बनाउनु, त्यहाँ एउटा खाट भए पुग्छ । एउटा टेबुल र एउटा कुर्सी भए हुन्छ । म जहाँ गएपनि जुन ठाँउमा काम गरेको त्यही बस्ने बानी छ ।

 

म आफंै पकाएर खान पनि सक्छु । मैंले सुरक्षाकर्मीहरुलाई पनि भनेको छु, मन्त्रालयबाट बाहिर जाँदा मेरो पछि आउनु पर्दैन् । मेरो आफ्नो गाडी नभएको हुँदा मन्त्रालयको गाडी भने आउनजान प्रयोग गर्छु । अन्त कतै जानको लागि मन्त्रालयको गाडी प्रयोग गर्दिन् ।’
यस्तै, उनले समितिहरु बनाउने कुरामा नाम मात्रको समिति नबनाउने भन्दै सानै काम भएपनि ठोस हुनुपर्ने बताए ।

 

उनले भने, ‘समिति मात्र बनाएर हुँदैन् । पहिला यसमा आर्थिक स्रोत खोज्नुपर्छ । सँधै मन्त्रालयमा अड्किने कुरा भनेको नै पैसा छैन् भनेर हो । नाम मात्रको पनि समिति नहोस् । समिति बनाउने काम नगर्ने हाजिर गर्ने, दुई चार पटक मिटिङ् बस्ने अनि जे कुरा पनि पैसाले रोकिने गर्नु भएन् । म यो समितिको सदस्य भनेर भिजिटिङ् कार्डमा राखेर मात्र भएन । के जे काम गरेपनि ठोस हुनुपर्यो, चाहे सानै होस् ।’
शिक्षा ऐनको बारेमा आफूलाई ज्ञान नभएको भन्दै यसबारे विज्ञहरुलाई इमान्दारिपूर्वक सुझाव दिनुपर्ने पनि उनको भनाई छ ।

 

उनले भने, ‘शिक्षा ऐनको बारेमा केही थाहा छैन् । यो कस्तो ऐन बनाएको हो थाहा छैन् । त्यसको लागि विज्ञहरुको टोली बनाउछु । उहाँहरुले जस्तो सुझाव दिनु हुन्छ त्यो अनुसार अगाडि बढ्ने हो । सबै कुरा मैंले भनेको हुनुपर्छ भनेर म भन्दिन् । आज म सबैलाई आह्वान गर्छु विज्ञहरुलाई एकदमै इमान्दारिपूर्वक सुझाव दिनुहोस । सबैको बुद्धि जम्मा पारेर अगाडि बढौ भन्ने हो ।’
उनले विज्ञान मन्त्रालयले अझसम्म केही काम गर्न नसकेको भन्दै अब ६ महिनामा केही न केही काम भने गर्ने पनि बताए ।

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...