NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

उद्योग मन्त्रालयसँग नाडाको प्रतिनिधि मण्डलको फलदायी छलफल

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी अटोमोबाइल उद्योगसँग सम्बन्धित समस्याबारे विस्तृत छलफल गरेको छ।

भेटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे, नाडाका पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

छलफलमा अटोमोबाइल उद्योगका शो–रुम तथा संरचनामा हालैको आन्दोलनका क्रममा भएको क्षति, गुणस्तर परीक्षण प्रयोगशालाको अभाव, लुब्रिकेन्ट उद्योगको संरक्षण, अनधिकृत आयात नियन्त्रण, मोटर भेहिकल एग्रीमेन्टको प्रभाव, एजेन्सी दर्ता नियमावली लगायतका विषय उठाइए।

अध्यक्ष चौधरीले गुणस्तर परीक्षण उपकरण अभावका कारण नेपालमै उत्पादन भएका वस्तुहरूले गुणस्तर चिन्ह नपाउने अवस्था उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा अवरोध बनेको बताउँदै तत्काल सुविधा स्थापना गर्न आग्रह गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालकै टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगलाई गुणस्तर चिन्ह पाउन कठिन भएको उल्लेख गर्दै ब्याट्री रीसाइक्लिङ प्लान्ट स्थापना गर्न माग गरे। अन्य पदाधिकारीहरूले पनि बजार संरक्षण र स्वदेशी उद्योग प्रवर्द्धनमा जोड दिए।

मन्त्रालयका सचिव राउतले गुणस्तर परीक्षण ल्याब छिट्टै स्थापना गर्ने तयारी भइरहेको बताए भने मन्त्री सिन्हाले उद्योग–व्यवसायलाई सबल बनाउन सरकार प्रतिबद्ध रहेको र नाडाका माग–सुझावलाई कार्यान्वयनमा लैजाने आश्वासन दिए।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...