CG Electronics
IME Life
NIMB

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । जेनजी पुस्ताका युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन् ।

जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् ।

राई वाइडबडी घोटाला लगायतका भ्रष्टाचार मुद्दामा मुछिएको र उनको नेतृत्वमा आयोगको निष्पक्षतामाथि शंका उब्जिएको आरोप लगाउदै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालय टङ्गाल पुगेर निवेदन दर्ता गराएको हो।

संसद् नभएको अवस्थामा महाभियोग संभव नभएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसहित जेनजी अलायन्स टङ्गाल पुगेको हो ।

अलायन्सले खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नयाँ प्रमुख आयुक्त नियुक्त गर्न अन्तरिम सरकारसँग माग गर्दै राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

एलाइन्सको तर्फबाट हिजो इमेलमार्फत राईलाई पद छोड्न दबाबमूलक पत्र पठाइएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राईसहितका आयुक्तहरूले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नेमा शंका रहेको भन्दै जेनजीहरूले निष्पक्ष मान्छे ल्याउनुपर्नेमा जोड दिएका छन् ।

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...