CG Electronics
IME Life
NIMB

लाइसेन्स बिना क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न पाउने छैन : राष्ट्र बैंकको निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाहरूलाई इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार लाइसेन्स प्राप्त नगरेका संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

राष्ट्र बैंकले ऐनको दफा ३ बमोजिम विदेशी विनिमय कारोबारका लागि इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै सोही अनुसार विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूलाई नियमन गर्न विभिन्न विनियमावली जारी गरिएको जनाएको छ।

क्यासिनोलाई विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र दिने व्यवस्था राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद–४ मा समावेश छ।

राष्ट्र बैंकले स्पष्ट पारेको छ कि क्यासिनो लगायतका संस्थाहरूले लाइसेन्स लिएर मात्र विदेशी विनिमय, भारतीय मुद्रा समेतको कारोबार गर्न तथा गराउन सक्नेछन्।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अन्तर्गतको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...