CG Electronics
IME Life
NIMB

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर: टिभी, फ्रिज र वाशिङ मेसिनमा क्यासब्याक र बम्पर उपहार

NIMB
Himalayan Bank

काठमाडौं । सामसङ नेपालले तिहारको अवसरमा आफ्नो बहुप्रतिक्षित क्याम्पेन “तिहारको मुड, सबै गुड!” घोषणा गरेको छ।

यो आकर्षक अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरूमा लागू हुनेछ। यस योजनाअन्तर्गत ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन को खरिदमा उल्लेखनीय क्यासब्याक र एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले टिभीमा ३५% सम्म क्यासब्याक र रू. ५,००० सम्मको एक्सचेन्ज बोनस, फ्रिजमा १९% सम्म क्यासब्याक र रू. ६,००० सम्मको एक्सचेन्ज बोनस, र वाशिङ मेसिनमा २४% सम्म क्यासब्याक र रू. ७,००० सम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

यसका साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि रोमाञ्चक साप्ताहिक र बम्पर उपहारहरू लक्की ड्र मार्फत जित्ने अवसर पनि दिएको छ। साप्ताहिक उपहारमा टिभी खरिदमा साउन्डबार, र फ्रिज वा वाशिङ मेसिन खरिदमा २३ लिटर माइक्रोवेभ ओभन जित्न सकिनेछ। बम्पर पुरस्कार अन्तर्गत, टिभी किन्ने भाग्यशाली विजेताले ३५ लिटर बिस्पोक एआई फ्रिज, फ्रिज किन्नेले ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन, र वाशिङ मेसिन किन्नेले ६५” UHD टिभी जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकहरूले खरिद गरिएको उत्पादनको सिरियल नम्बर “Samsung [Serial Number]” लेखी ३५००१ मा SMS पठाउनु पर्नेछ। विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का सामाजिक सञ्जाल पेजहरूमा गरिनेछ।

सामसङले ग्राहकहरूको सुविधाका लागि InstaFinance सेवामार्फत ०% ब्याजदर मा सजिलो EMI (किस्ता) विकल्प पनि उपलब्ध गराएको छ। यो सुविधा प्राप्त गर्न केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ।

यसैगरी, ग्राहकहरूले आफ्ना पुराना टिभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साटेर रू. ७,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्। यो अफरले नेपाली उपभोक्ताहरूलाई तिहारको अवसरमा आकर्षक छुट र उपहारसहित नयाँ सामसङ उत्पादनहरू खरिद गर्ने उत्कृष्ट मौका दिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...