Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर: टिभी, फ्रिज र वाशिङ मेसिनमा क्यासब्याक र बम्पर उपहार

काठमाडौं । सामसङ नेपालले तिहारको अवसरमा आफ्नो बहुप्रतिक्षित क्याम्पेन “तिहारको मुड, सबै गुड!” घोषणा गरेको छ।

यो आकर्षक अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरूमा लागू हुनेछ। यस योजनाअन्तर्गत ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन को खरिदमा उल्लेखनीय क्यासब्याक र एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले टिभीमा ३५% सम्म क्यासब्याक र रू. ५,००० सम्मको एक्सचेन्ज बोनस, फ्रिजमा १९% सम्म क्यासब्याक र रू. ६,००० सम्मको एक्सचेन्ज बोनस, र वाशिङ मेसिनमा २४% सम्म क्यासब्याक र रू. ७,००० सम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

यसका साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि रोमाञ्चक साप्ताहिक र बम्पर उपहारहरू लक्की ड्र मार्फत जित्ने अवसर पनि दिएको छ। साप्ताहिक उपहारमा टिभी खरिदमा साउन्डबार, र फ्रिज वा वाशिङ मेसिन खरिदमा २३ लिटर माइक्रोवेभ ओभन जित्न सकिनेछ। बम्पर पुरस्कार अन्तर्गत, टिभी किन्ने भाग्यशाली विजेताले ३५ लिटर बिस्पोक एआई फ्रिज, फ्रिज किन्नेले ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन, र वाशिङ मेसिन किन्नेले ६५” UHD टिभी जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकहरूले खरिद गरिएको उत्पादनको सिरियल नम्बर “Samsung [Serial Number]” लेखी ३५००१ मा SMS पठाउनु पर्नेछ। विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का सामाजिक सञ्जाल पेजहरूमा गरिनेछ।

सामसङले ग्राहकहरूको सुविधाका लागि InstaFinance सेवामार्फत ०% ब्याजदर मा सजिलो EMI (किस्ता) विकल्प पनि उपलब्ध गराएको छ। यो सुविधा प्राप्त गर्न केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ।

यसैगरी, ग्राहकहरूले आफ्ना पुराना टिभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साटेर रू. ७,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्। यो अफरले नेपाली उपभोक्ताहरूलाई तिहारको अवसरमा आकर्षक छुट र उपहारसहित नयाँ सामसङ उत्पादनहरू खरिद गर्ने उत्कृष्ट मौका दिएको छ।

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...