CG Electronics
IME Life
NIMB

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।

यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए)एक समूहका अध्यक्ष डा. बद्री केसीले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको उपलब्धिहरू र आगामी कार्यदिशाबारे जानकारी दिएका छन् ।
डा.केसीका अनुसार, २२ वर्षको अवधिमा संघले ९० भन्दा बढी देशमा औपचारिक सञ्जाल विस्तार गरी विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको छ । यद्यपि विगत केही समयदेखि देखिएको संस्थागत असहजतालाई समाधान गर्न संघ आन्तरिक संवाद र सहमतिको प्रक्रियामा छ ।

उनले भने, ‘संघलाई पुनः एकताबद्ध गर्दै १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु हाम्रो साझा दायित्व हो,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय अभियानको फरक धारमा रहेका समूहहरुसँग छलफलको क्रममा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सहमतिमा पाँच सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने प्रस्तावमा सहमति नजिकिएको छ । उक्त कमिटीले आगामी तीन महिनाभित्र १२औं महाधिवेशन सम्पन्न गर्ने योजना अघि सारिएको छ ।

संघले सबै पक्षलाई संवादमा आउन आह्वान गर्दै संस्थागत एकता कायम गर्न लचकता अपनाइरहेको जनाएको छ । अध्यक्ष केसीले फरक धारमा रहेका साथीहरूप्रति संवादका ढोका खुला रहेको समेत उल्लेख गरेका छन् ।

एनआरएनएले हालैका वर्षहरूमा नेपालको सामाजिक तथा आर्थिक विकासमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीको सदुपयोग गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा जलविद्युत, बैंकिङ, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य लगानी भित्रिएको जनाइएको छ ।

संघले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’ सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी पनि दिएको छ । सो फण्डलाई कार्यान्वयन गर्न सरकारले नौं वटा कानुन संशोधन गरेर सहजीकरण गरेको हो। साथै, साना तथा मझौला गैरआवासीय लगानीकर्तालाई समेत समेट्ने प्रयास भइरहेको संघले जनाएको छ ।

अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघलाई आजसम्म ल्याउन योगदान दिने सम्पूर्ण गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संस्था, सञ्चार क्षेत्रलगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...