Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बर्दियाका भूमिहीन सुकुम्बासी आन्दोलित, तयारी अवस्थामा रहेका ७५ पुर्जा वितरण रोकियो

 

बर्दिया । बर्दियाका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेपछि बर्दियाका भूमिहीन सुकुम्बासीहरूले त्यसको विरोध गरेका हुन् । सरकारले गरिब जनताको भरोसाको केन्द्र भूमि समस्या समाधान आयोग खारेज गरेको भन्दै भूमिअधिकारसँग सम्बन्धित नौ वटा संस्था र संगठनले विरोध जनाएका छन् ।

बर्दियामा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै भूमिहीन सुकुम्बासीहरूको समस्यालाई नजरअन्दाज गरि उनीहरूको बर्षौ देखिको सपना तुहिएको बताएका छन् ।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थीत बसोबासीहरू निवेदनलाई छानविन गरी जग्गा धनि प्रमाण पुर्जा वितरण गर्ने कार्य भईरहेको समयमा बिना विकल्प आयोग खारेज गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पुस्तौ देखि भूमिको समस्यामा परिआएका परिवारलाई अलपत्र पारेर देश परिवर्तन नहुने भूमि अधिकार तथा श्रमिक संगठन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष बलबहादुर परियारले बताए । उनले आयोग खारेज गर्न नपाउने कानुनी व्यवस्था भएपनि अहिलेको सरकारले आयोग खारेज गरेको बताए ।

संयुक्त भूमिअधिकार संघर्ष समिति बर्दियाले असोज २३ गतेको भूमि समस्या समाधान आयोग खारेजको निर्णय सच्याई पुनः आयोग पुर्नस्थापना गर्नुपर्ने माग गरेका छन् । साथै भूमि अधिकारबाट वञ्चित भूमिहीनहरू जग्गा वितरण गर्ने कार्य तत्काल सुरु गर्नुपर्ने उनीहरुको माग छ ।

बर्दिया जिल्लामा ४५ हजार भन्दा बढि भुमिहीन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरूको आवेदन परेको छ । जसमध्ये गत आर्थिक बर्षको असारमा गुलरिया नगरपालिकाका ४० र बाँसगढी नगरपालिकाका १३ गरि ५३ जना भुमिहीन र दलित सुकुम्बासीलाई जग्गा धनि प्रमाणपत्र वितरण गरिएको थियो ।

भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुण सिंह राठौरका अनुसार ७५ जना भुमिहिनहरूलाई पुर्जा तयार भएपनि वितरण गर्न नपाइएको बताए ।

त्यसैगरी जिल्ला भरीका दुई सय १३ जनाको फिल्डबुक र नक्सा प्रमाणित गर्न तयारी रहेको उनले बताए । जग्गा नाप नक्सा भई तयारी अवस्थामा रहेका १५ सय भन्दा बढी भुमिहीनहरूको काम अलपत्र परेको अध्यक्ष राठौरले बताए ।

आयोगका अनुसार दुई सय ३२ जनालाई केही समय भित्र पुर्जा वितरण गर्ने गरी र चार सय ३६ जना भुमिहीनको पुरानो आयोगले गरेका कामहरूलाई पुर्णता दिने गरी काम अगाडि बढाएको थियो । आयोगको खारेजी सँगै आयोगले गरेका कामहरू अलपत्र परेको भुमिसमस्या समाधान आयोगका बर्दियाका विज्ञ सदस्य रामकृष्ण चौधरीले बताए ।

 

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...