Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

फोटोनको रोमाञ्चक अफर : टुनल्याण्डका ग्राहकका लागि अब निशुल्क १२ पटकसम्म सर्भिस

 

काठमाडौं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडल टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ । यो लिमिटेड टाइम अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पिएमएस) को सुविधा पाउनेछन् ।

यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ, जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बन्वे विश्वास लिइएको छ । अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहने जनाइएको छ ।

निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन आयल, गियर आयल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन् । यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन् ।

फोटोनले यी पाट्र्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको छ । यद्यपी, यो सेवा माथि उल्लेख गरिएका पाट्र्सहरूमा मात्र सीमित रहने कम्पनीको भनाई छ ।

टुनल्याण्ड नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी सवारीका रूपमा लोकप्रिय रहँदै आएको छ । यो गाडी लगातार नेपालका सबैभन्दा धेरै बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ ।

‘जिरो कस्ट अफर’ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित हुन अझ प्रतिबद्ध बनाएको छ । यस अफरमार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ ।

 

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...