Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

चिकित्सकहरुको शिप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न

 

काठमाडौं । विश्वभर मान्यता दिइने चिकित्सकहरुको शिप तथा ज्ञानको परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा नेपालमा चौंथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ । असोज २८ गतेबाट सुरु भएको परिक्षा (आज) असोज ३० गते सम्पन्न भएको हो ।

एमआरसिपी युके पेसेस चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त भएकोले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको नेपाल मेडिसिटी अस्पतालका डा.निरज जोशीले बताए ।

यस पटकको परिक्षामा नेपाली परिक्षक १५ जना सहभागी रहेको भन्दै उनले यस्ता तालिम र परिक्षा निरन्तर हुन आवश्यक रहेको बताए ।

‘यस पटक नेपाली १५ जना परिक्षामा सहभागी छौ । यसमा नेपाल मेडिसिटी हस्पिटलका ५÷६ जना छन् भने अरु अन्य हस्पिटलबाट आउनु भएको छ ।

उहाँहरु सबैजना तालिम पाएर परिक्षामा सहभागी भएका हुन् । मेरो विचारमा यसलाई निरन्तर दिनु आवश्यक छ । हाम्रो तालिम अन्तर्राष्ट्रियरुपको हुन जरुरी छ । हामीले बढी सैदान्तिक भन्दा प्रयोगात्मक रुपमा ल्याउन जरुरी छ,’ उनले भने ।

सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रुपमा परीक्षा केन्द्रका रुपमा परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।

यस वर्ष नेपालसहित परीक्षामा सहभागि हुन बंगलादेश, भारत, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभसबाट ४६ जना प्ररीक्षार्थीहरु आएका थिए ।

त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १५ जना परीक्षकको उपस्थिति रहेको थियो । डा. डेभिड ब्ल्याक, डा. एलिनोर ग्रोगन, डा. अर्थर डकं, डा. क्याट्या एडि र डा. काथिर योगनाथन बेलायतबाट परीक्षा निरीक्षणका लागि रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग, रोयल कलेज अफ फिजिसियनस् एण्ड सर्जनस् अफ ग्लासगो र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् ।

नेपालबाट परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ र डा. लक्की शर्मा, नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबाट डा. सुदिप श्रेष्ठ, ह्याम्स अस्पतालबाट डा. रक्षा पाण्डे, नर्भिक अस्पतालबाट डा. यादव के. डि भट्ट, चितवन मेडिकल कलेजबाट डा. सितल अधिकारी, आइओएमबाट डा. महेशराज सिग्देल, ओम अस्पतालबाट डा. रविन्द्र श्रेष्ठ, नेपाल मेडिकल कलेजबाट डा. प्रविन अधिकारी पाटन अस्पतालबाट डा. युवराज शर्मा र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डा. अरुण मास्के परीक्षकका रुपमा सहभागि भएका थिए ।

 

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...