Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सुम्निमा हाइड्रोपावर र माछापुच्छ्रे क्यापिटलबीच प्राथमिक शेयर निष्काशनका लागि सम्झौता सम्पन्न

 

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेड बीच सुम्निमा हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (IPO) निष्काशन का लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा आज मिति २०८२ साल असोज २ गते (२०८२/०७/०२) हस्ताक्षर गरिएको हो।

यस सम्झौता अनुसार सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नै जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्ने योजना बनाएको छ। यस प्रयोजनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता तथा निष्काशन तथा बिक्री प्रबन्धक को रूपमा नियुक्त गरिएको हो।

सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकार र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष श्री आषिश सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।

सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेड ले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका हुँदै बग्ने पिखुवा खोलामा आधारित ४.९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइरहेको छ।

त्यसैगरी, माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यस मर्चेन्ट बैंकिङ्ग संस्थाले नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमतिपत्रका आधारमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...