ntc.net.np
Ncell NPL
NIMB

सुम्निमा हाइड्रोपावर र माछापुच्छ्रे क्यापिटलबीच प्राथमिक शेयर निष्काशनका लागि सम्झौता सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेड बीच सुम्निमा हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (IPO) निष्काशन का लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा आज मिति २०८२ साल असोज २ गते (२०८२/०७/०२) हस्ताक्षर गरिएको हो।

यस सम्झौता अनुसार सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नै जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्ने योजना बनाएको छ। यस प्रयोजनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता तथा निष्काशन तथा बिक्री प्रबन्धक को रूपमा नियुक्त गरिएको हो।

सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकार र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष श्री आषिश सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।

सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेड ले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका हुँदै बग्ने पिखुवा खोलामा आधारित ४.९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइरहेको छ।

त्यसैगरी, माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यस मर्चेन्ट बैंकिङ्ग संस्थाले नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमतिपत्रका आधारमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३४

  काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा...

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३१

काठमाडा । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको...

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना हुने

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:२६

  काठमाडौं। रमादा बाई विन्धाम इटहरी पशुपति मार्गले यस वर्षको...

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

वि.सं.२०८२ चैत २६ बिहीवार २२:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड...

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बैंकिङका लागि सहायक कम्पनी स्थापना

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बैंकिङका लागि...

वि.सं.२०८२ चैत २६ बिहीवार २१:५१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले मर्चेन्ट बैंकिङ...