Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सिटिजन्स् बैंक र काठमाडौं मेडिकल कलेजबीच उपचार सेवामा छुट प्रदान गर्ने समझदारी सम्पन्न

 

काठमाडौँ । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बीच बिरामी उपचार सम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता अनुसार सिटिजन्स् बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू ले काठमाडौं मेडिकल कलेजमा उपलब्ध विशेषज्ञ उपचार सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ मिल्ने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।

सिटिजन्स् बैंकले ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न उत्साहित बनाउन समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा र सहकार्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट र सेवासम्बन्धी विस्तृत जानकारी बैंकको अधिकृत वेबसाइट मा उपलब्ध छ।

हालै मात्र ‘बैंक अफ द ईयर २०२४’ को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल सिटिजन्स् बैंकले फोनपेसँग सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सेवा सुरु गरेको छ। साथै, फ्रिलान्सर सेविङ्स अकाउन्ट, मोबाइल बैंकिङमार्फत शेयर आवेदन र ऋण नम्बर सेवा, र क्रस बैंक टेलर सुविधा जस्ता नवप्रवर्तनात्मक सेवा पनि सञ्चालनमा ल्याएको छ।

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड ले हाल देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा–रहित बैंकिङ इकाइहरू मार्फत करिब १९ लाख ४४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...