CG Electronics
IME Life
NIMB

ओएसआर डिजिटल १ करोड सब्स्क्राइबर क्लबमा, १ करोड सब्स्क्राइबर पुग्ने पहिलो च्यानल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली डिजिटल बजारमा अग्रणी मानिने ओएसआर डिजिटल युट्युब च्यानलले १ करोड (१० मिलियन) सब्स्क्राइबर प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको छ। व्यवसायिक तथा अफिसियल उत्पादन र वितरणमा सक्रिय च्यानलमध्ये १ करोड सब्स्क्राइबर पार गर्ने ओएसआर पहिलो नेपाली च्यानल बनेको छ।

यस उपलब्धिलाई संस्थाको २५ वर्ष लामो यात्रा, निरन्तरता र दर्शकको विश्वासको उपजका रूपमा लिइएको छ। प्रबन्ध निर्देशक ओम अग्रवालले १ करोड सब्स्क्राइबर पुगेको अवसरमा दर्शक, कलाकार, संगीतकर्मी र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सामग्री र नयाँ योजनाका साथ अघि बढ्ने बताए।

उनका अनुसार भि.सि.डी. र डि.भि.डी.बाट सुरु भएको मनोरञ्जन यात्रा युट्युबमा आएको यो चरणसम्म पुग्न धेरै चुनौतीका बाबजुद प्रेरणादायी बन्न सफल भयो। “तपाईंहरूले हेरेको हरेक भ्युज , लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो,” अग्रवालले भने, “दर्शकको साथले यस सपनालाई आज यति ठूलो परिवार बनाइदिएको छ।”

ओएसआर डिजिटलले नेपाली चलचित्र, गीत–संगीत, वेब सामग्री र मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्दै डिजिटल बजारमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। च्यानलले अब अन्तर्राष्ट्रिय स्तरमा सामग्री विस्तार गर्ने योजना समेत अघि बढाएको बताइएको छ। ओएसआर डिजिटलको अर्को च्यानल ओएसआर रियालिटी र ओएसआर मुभिज पनि एक्टिभ रुपमा चलि रहेका छन्, यी दुवै च्यानलमा २ मिलियन बढी सब्स्क्राइबर छन्।

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...