एन आई सी एशिया बैंकका ग्राहकका लागि स्काइवाक टावरमा २५ प्रतिशत छुट सुविधा
Wednesday Oct 29, 2025
वि.सं.२०८२ कात्तिक १२ बुधवार ०८:००
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले अब काठमाडौं, कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशतसम्म विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्। यस सम्बन्धमा स्काइवाक टावर सञ्चालक कम्पनी र एन आई सी एशिया बैंकबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ।
सम्झौताअनुसार, बैंकका ग्राहकहरुले आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गरी सो सुविधा लिन सक्नेछन्। बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरुलाई आकर्षक छुटको अनुभव दिलाउने मात्र होइन, डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा सहयोग पुग्नेछ भन्ने विश्वास लिइएको छ।

























