Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेशनल लाइफद्वारा सफल अभिकर्ताहरुलाई सम्मान गर्दै ‘सफलताको शुरुवात’ आयोजना

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालज्यूको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ३०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि हुनु भएका अभिकर्ताहरुलाई सम्वोधन गर्नुहुँदै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताउनु भयो वहाँले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक राजेश हमालसंग साक्षात्कार गराई वहाँको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको र यो योजनाबाट अभिकर्ताहरु उत्साही भई देशैभरीबाट करिब ३०० जना अभिकर्ताहरु छनौट हुनबाट पुष्टि भएको बताउनु भयो ।

देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले सम्मान पत्रबाट सम्मानित गर्नु भएको थियो । यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा महानायक राजेश हमालज्यूले यो स्थानमा आईपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउनु हुँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गर्नुभयो ।

मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न सो कार्यक्रममा सहभागि अभिकर्ताहरुले महानायक राजेश हमालसंग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...