CG Electronics
IME Life
NIMB

नेशनल लाइफद्वारा सफल अभिकर्ताहरुलाई सम्मान गर्दै ‘सफलताको शुरुवात’ आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालज्यूको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ३०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि हुनु भएका अभिकर्ताहरुलाई सम्वोधन गर्नुहुँदै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताउनु भयो वहाँले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक राजेश हमालसंग साक्षात्कार गराई वहाँको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको र यो योजनाबाट अभिकर्ताहरु उत्साही भई देशैभरीबाट करिब ३०० जना अभिकर्ताहरु छनौट हुनबाट पुष्टि भएको बताउनु भयो ।

देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले सम्मान पत्रबाट सम्मानित गर्नु भएको थियो । यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा महानायक राजेश हमालज्यूले यो स्थानमा आईपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउनु हुँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गर्नुभयो ।

मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न सो कार्यक्रममा सहभागि अभिकर्ताहरुले महानायक राजेश हमालसंग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...