CG Electronics
IME Life
NIMB

निर्मल ढकाल राष्ट्रिय बीमा कम्पनी लिमिटेडका अध्यक्ष नियुक्त

– बीमा क्षेत्रमा सुदृढता र सेवा विस्तारमा जोड दिने प्रतिबद्धता

NIMB
Himalayan Bank

 

 

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्मल ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्षको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

नेपाल सरकारको २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहनुभएका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी दिइएको हो। शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए।

निर्मल ढकालले आफ्नो नियुक्ति पछि कम्पनीको वित्तीय सुदृढता, प्रशासनिक दक्षता र बीमा सेवा विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले बीमा क्षेत्रको व्यावसायिकता, पारदर्शिता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै कम्पनीलाई अझ मजबूत र विश्वासिलो संस्थामा परिणत गर्ने लक्ष्य रहेको बताउनुभयो।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड देशभरिका विभिन्न शाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ र नयाँ अध्यक्ष ढकालको नेतृत्वमा कम्पनीले आगामी दिनमा नवीनतम बीमा उत्पादन, डिजिटल सेवा विस्तार, र ग्राहकमैत्री पहलहरूमा थप ध्यान दिने अपेक्षा गरिएको छ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...