Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

निर्मल ढकाल राष्ट्रिय बीमा कम्पनी लिमिटेडका अध्यक्ष नियुक्त

– बीमा क्षेत्रमा सुदृढता र सेवा विस्तारमा जोड दिने प्रतिबद्धता

 

 

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्मल ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्षको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

नेपाल सरकारको २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहनुभएका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी दिइएको हो। शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए।

निर्मल ढकालले आफ्नो नियुक्ति पछि कम्पनीको वित्तीय सुदृढता, प्रशासनिक दक्षता र बीमा सेवा विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले बीमा क्षेत्रको व्यावसायिकता, पारदर्शिता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै कम्पनीलाई अझ मजबूत र विश्वासिलो संस्थामा परिणत गर्ने लक्ष्य रहेको बताउनुभयो।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड देशभरिका विभिन्न शाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ र नयाँ अध्यक्ष ढकालको नेतृत्वमा कम्पनीले आगामी दिनमा नवीनतम बीमा उत्पादन, डिजिटल सेवा विस्तार, र ग्राहकमैत्री पहलहरूमा थप ध्यान दिने अपेक्षा गरिएको छ।

 

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...