CG Electronics
IME Life
NIMB

सारथी स्कुटरमा विन्टर अफर: १७ हजारसम्म नगद छुट र विशेष फाइनान्स सुविधा

NIMB
Himalayan Bank

 

काठमाडौं।नेपाली बजारमा लोकप्रियता हाँसिल गर्दै आएको सारथी ब्राण्डको विद्युतीय स्कुटरले यो चिसो मौसमलाई अझ उत्साहपूर्ण बनाउन ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अब ग्राहकहरूले सारथीका विभिन्न मोडेलका स्कुटर खरिद गर्दा अधिकतम १७ हजारसम्म नगद छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

स्कुटरको बजार मुल्य २ लाख १६ हजार भएतापनि यो अफर अन्तर्गत अब जम्मा १ लाख ९९ हजारमा इकुटर ई३ मोडललाई र खरिद गर्न पाइनेछ । वातावरणीय अनुकुलता र स्वदेशी उर्जाको उपयोगमा आधारित सारथी इकुटर ब्रान्डले नेपाली ग्राहकको बजेट, यात्रा आवश्यकताहरू र वातावरणीय जिम्मेवारीलाई ध्यानमा राख्दै स्कुटरहरू निर्माण गर्दै आएको छ । अबको यो अफरले मूल्यमा राहत मात्र होइन, विद्युतीय सवारीप्रतिको आकर्षण पनि थप बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीका मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार यो अफरले ग्राहकलाई विद्युतीय सवारी रोज्न थप प्रोत्साहन दिनेछ । ‘हाम्रो उद्देश्य किफायती मूल्यमा आधुनिक, भरपर्दाे र वातावरणमैत्री मोबिलिटी समाधान प्रदान गर्नु हो’ उनले भने, ‘सारथीका स्कुटरहरूमा उच्च गुणस्तरका ग्राफिन तथा लिथियम ब्याट्री, स्मार्ट डिस्प्ले, रेजेनेरेटिभ ब्रेकिङ प्रणाली र आधुनिक डिजाइन उपलब्ध छन् ।’

स्कुटरमा उपलब्ध १२ इन्चका ठुला ठुला टायर, डबल डिस्क ब्रेक, ३५ लिटरको बुट स्पेस लगायत विशेषताले शहरभित्रको दैनिक यात्रा सहज बनाउँछ । साथै, पेट्रोलको बढ्दो मूल्य र प्रदूषणको समस्याबीच यो स्कुटर वातावरणमैत्री विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

विन्टर अफर अन्तर्गत ग्राहकले नगद छुटसँगै विशेष फाइनान्स सुविधा पनि पाउनेछन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सजिलो किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने व्यवस्था गरेको छ । साथै, प्रत्येक खरिदकर्तालाई एक वर्षको निःशुल्क सर्भिसिङ र विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी पनि प्रदान गरिने बताइएको छ ।

नेपालभरका सारथी शोरूम तथा अधिकृत विक्रेताबाट यो अफर प्राप्त गर्न सकिनेछ । यो अवसर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई छिटो निर्णय गर्न कम्पनीले आग्रह गरेको छ ।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...