CG Electronics
IME Life
NIMB

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १ करोड सहयोग

NIMB
Himalayan Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १ करोड आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग गत भाद्र २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन र आन्दोलनका क्रममा सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि प्रदान गरिएको हो।

उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक श्री प्रज्वल सायमीले अर्थ मन्त्री श्री रामेश्वर प्रसाद खनाललाई एक विशेष समारोहमा हस्तान्तरण गरे। कम्पनीले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरेको हो। सो अवसरमा सिइओ खत्रीले कम्पनीले विगतमा पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन र वातावरण संरक्षण जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि समाजप्रतिको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेशनल लाइफले नियामक निकायको निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउँदै आएको छ।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...