CG Electronics
IME Life
NIMB

२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्य सुरु गरेका छन् । शुक्रबार केन्द्रमा पुगेर उनले चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्यको सुरू गर्दै उनले यो ६ महिनाभित्र ३० लाख नै लाइसेन्स छाप्ने चाहाना रहेको बताएका छन् ।

उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र देशलाई कमाई गरेर दिन सक्ने ठाँउ हो, यहाँबाट कमाई हुन्छ । यो ६ महिनाभित्र हाम्रो चाहाना ३० लाख नै लाइसेन्स छापौँ भन्ने छ ।’ यस्तै, उनले आजको दिनसम्म २८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य भएको भन्दै त्यसको अन्त्यको सुरुवात आजबाट भएको बताए ।

उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रबाट अब लाइसेन्स भएपनि छापेर अगाडि बढ्नुपर्यो । किनभने आजको दिनमा २८ देखि ३० लाख लाइसेन्स जनतालाई दिनु पर्ने छ र त्यो मध्ये अहिले पनि २८, ३० लाख लाइसेन्स नपाएका मान्छेहरु कागजको चिरकटो बोकेर हिन्नुपर्ने अवस्था छ । सुशासन भनेको आज ट्रायल दिएर भोली लाइसेन्स पाउन सकियो भने हो नि त्यो क्षमता हामीसँग छ कि छैन भन्दा अहिले हामी त्यो काम गर्न सक्ने क्षमता राख्छौँ । त्यसकारण आज त्यसको सुरुवात भएको छ ।’

केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राखेको भन्दै खरिद प्रक्रियालाई चुस्त र पारदर्शि भए ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्ने उनको भनाई छ । उनले भने, ‘केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राख्नु भएको छ र खरिद प्रक्रियालाई चुस्त र पारदर्शि बनाएर जाने हो भने ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्छौँ । यति धेरै वर्षको अवधिमा ३० लाख लाइसेन्स नछापि रहेको अवस्थामा हामीसँग मेसिन छ, क्षमता छ केही बजेट व्यवस्था गरेर छाप्न सकिन्छ भने किन नगर्ने भनेर हामी लागेका छौँ ।’

केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ ।

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...