Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

राष्ट्रिय वाणिज्य बैंकले ‘६% आरबिबिएल डिबेञ्चर २०८९’ जारी गर्दै, कुमारी क्यापिटल बिक्री प्रबन्धक

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हजार रूपैयाँ अंकित दरको ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र ‘”6% RBBL Debenture 2089″ ’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सो सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरे।

सम्झौतामा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु.३ अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ जस मध्यको ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुन आउने रु.१ अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रु. १ अर्ब २० करोड बराबरको रकम सर्वसाधारणहरुका लागि निष्काशन गरिनेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधी ७ वर्षको रहनेछ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालको एक अग्रणी सरकारी वाणिज्य बैंक हो जसले देशभरका ३१० शाखा मार्फत आधुनिक बैंकिङ्ग र वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्‌नो सेवाहरुलाई प्रविधिमैत्री बनाउंदै छिटोछरितो रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । ‘तपाईको आफ्‌नै बैंक’ भन्ने नारालाई सार्थक बनाउन बैंक हरदम लागि परेको छ ।

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियालाई अवार्ड हस्तान्तरण

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १८:३४

काठमाडौं। चीनको बेइजिङमा सम्पन्न फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२५ मा...

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...