CG Electronics
IME Life
NIMB

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सवमा नवनिर्मित प्रयोगशाला भवन उद्घाटन

NIMB
Himalayan Bank

 

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सवका अवसरमा सोमबार नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गरिएको छ। उक्त भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गरेकी हुन्।

कार्यक्रममा मन्त्री शर्माले २५ वर्ष सेवा पुर्‍याएका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मानपत्र तथा ‘बेष्ट डिसिप्लिनरी अवार्ड’ प्रदान गरिन्। साथै, वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताका विजेता टोलीहरूलाई पुरस्कार र प्रमाणपत्र पनि वितरण गरिएको थियो।

समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, अस्पताल विकास समितिका अध्यक्ष प्रा. डा. श्रीकृष्ण श्रेष्ठ र कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेलगायतका सहभागीहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा वार्षिकोत्सव स्मारिका समेत विमोचन गरिएको थियो।

वि.सं. २०५१ सालमा स्थापना भएको भक्तपुर क्यान्सर अस्पताल हाल १२३ बेड क्षमतासहित क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ। वि.सं. २०७७ मा स्वास्थ्य मन्त्रालय मातहत आएपछि अस्पतालले सेवा तथा पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ।

अस्पतालमा हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) अन्तर्गत मेडिकल अन्कोलोजीमा एमडी अध्ययन सञ्चालनमा छ। साथै, रेडियसन अन्कोलोजी तथा गाइने अन्कोलोजीका रेजिडेन्ट चिकित्सक, काठमाडौँ र त्रिभुवन विश्वविद्यालयसम्बद्ध मेडिकल कलेजका विद्यार्थी तथा नर्सिङ विद्यार्थीहरू प्रायोगिक तालिमका लागि यहाँ आउने गर्छन्।

अस्पतालले ३१ वर्षको यात्रामा क्यान्सर उपचार, अनुसन्धान र विशेषज्ञ तालिममार्फत सेवा विस्तार गर्दै आएको छ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...