IME Life
NIMB

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

NIMB
Himalayan Bank

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यस सम्बन्धी निष्काशन तथा बिक्री कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

कम्पनीको अधिकृत तथा जारी पूँजी रु. ८० करोड रहेको छ। यसमध्ये जारी पूँजीको २२ प्रतिशत, अर्थात् रु. १७ करोड ६० लाख बराबरको शेयर (प्रति कित्ता रु. १०० अंकित मूल्यमा) निष्काशन गर्न लागिएको हो।
यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणका लागि तोकिएको अनुपातमा वितरण गरिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको सम्झौता पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक श्री प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्। सम्झौता मिति २०८२ कार्तिक २६ गते सम्पन्न भएको हो।

यो आयोजना भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुङ) खोलामा निर्माणाधीन छ। ४.३ मेगावाट क्षमताको फेदी (थुमलुङ) जलविद्युत आयोजनाको कुल लागत करिब रु. ९४ करोड रहनेछ।
हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र २०८२ माघभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

प्रबन्ध सञ्चालक दुलालका अनुसार, नियामक निकायका सम्पूर्ण प्रक्रिया पूरा गरी आईपीओ निष्काशनको प्रक्रिया शीघ्र अघि बढाउने योजना सहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...