CG Electronics
IME Life
NIMB

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना “कजारिया संगै गृह प्रवेश, घुमौं देश–विदेश!” को भव्य समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ।

दुई महिनासम्म सञ्चालन भएको यस राष्ट्रव्यापी योजनामा १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य भएका थिए। दैनिक क्रममा ४८ विजेताहरूले स्मार्टवाच जिते भने सबैभन्दा आकर्षक बम्पर पुरस्कार—एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा को घोषणा ठूलो उत्सुकताका बीच लाइभ कार्यक्रममार्फत गरियो।

लाइभ कार्यक्रममा सयौँ दर्शकको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन ऊर्जावान होस्टले गरेकी थिइन् भने कजारिया रमेश टायल्स लि।का निर्देशक तथा मुख्य सञ्चालन अधिकृत र ब्रान्ड एम्बासडर अभिनेत्री दिव्या रायमाझीले उपस्थित भएर कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए।

कार्यक्रममा कम्पनीका निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले ग्राहकप्रति आभार व्यक्त गर्दै कजारियाप्रति उपभोक्ताले देखाउँदै आएको विश्वासले कम्पनीलाई निरन्तर उत्कृष्ट गुणस्तर र डिजाइन प्रदान गर्न प्रेरणा दिएको बताए। त्यस्तै, ब्रान्ड एम्बासडर दिव्या रायमाझीले बम्पर विजेताप्रति खुसी व्यक्त गर्दै कजारिया परिवारको हिस्सा हुन गर्व लागेको बताइन्।

सबैभन्दा प्रतीक्षित क्षणमा चितवनकी योजीना गुरुङ लाई बम्पर विजेता घोषणा गरियो। उनले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टायल्स खरिद गरेकी थिइन्। यस घोषणाले कजारिया ग्राहक तथा साझेदारहरूमा उत्साह र हर्षोल्लास थपिएको कम्पनीले जनाएको छ।

कजारिया टायल्सले विजेतालाई बधाई दिँदै ग्राहकहरूको निरन्तर विश्वास र सहभागिताप्रति धन्यवाद व्यक्त गरेको छ। कम्पनीले आफ्ना उत्पादनमा उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र ग्राहकमैत्री अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...