Sunday Nov 16, 2025
वि.सं.२०८२ कात्तिक ३० आइतवार ०७:४६
नेपालको पहिलो महिला राष्ट बैंक गर्भनर : महालक्ष्मी उपाध्याय दत्त
नेपाल राष्ट्र बैंकले आफ्नो इतिहासमै पहिलो पटक महिला गभर्नर पाएको छ। महालक्ष्मी उपाध्याय दत्त लाई २०७८ सालमा उप-गभर्नरबाट कुल ४० वर्ष सेवा अनुभव सहित गभर्नर मा नियुक्त गरिएको हो।
सरकारले गठन गरेको खोज समिति (Recommendation Committee) ले दत्तलाई योग्यता, अनुभव, कार्यसम्पादन आदि मापदण्डका आधारमा सबैभन्दा योग्य उम्मेदवार ठहर गर्दै सिफारिस गरेको थियो।
उनी नेपाल राष्ट्र बैंकमा ४० वर्ष भन्दा बढी समयदेखि कार्यरत रहँदै मुद्रा नीति, विनिमय दर नीति, विदेशी विनिमय व्यवस्थापन, तथा वित्तीय क्षेत्रको स्थिरता जस्ता महत्वपूर्ण क्षेत्रमा नेतृत्व दिंदै आएकी छिन्।
गभर्नरका रूपमा उनले देशको मौद्रिक नीति, वित्तीय स्थिरता, बैंकिङ नियमन तथा आर्थिक प्रशासनमा सुधार, पारदर्शिता तथा सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
साथै, डिजिटल बैंकिङ, साइबर सुरक्षाको मजबुतीकरण, वित्तीय समावेशीकरण तथा प्रणालीगत जोखिम न्यूनीकरण अगाडि बढाउने उनले प्रतिवद्धता व्यक्त गरेकी छन्।



























