CG Electronics
IME Life
NIMB

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको पनि साथ

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको चाङ हुन्थ्यो । न कथावस्तुमा मौलिक भेटिन्थ्यो, न कलाकारको अभिनय । मूल कथालाई पर छोडेर ‘एक्सन’कै भरमा फिल्म चलाउने शृङ्खलाको अन्त्य हुन थालेको छ । र, विस्तारै नेपाली चलचित्र क्षेत्रले आफ्नो लय समात्न थालेको छ । विगतमा चलचित्र क्षेत्रमा देखिएको निराशालाई धेरै हदसम्म ‘परान’ले चिर्न सफल भएको छ ।

दुई साता नाघिसक्दा पनि हलहरूमा दर्शकको आकर्षण उत्तिकै छ भने सामाजिक सञ्जालमा पनि व्यापक चर्चा बटुलिरहेको छ । ‘परान’ को चर्चा चिया पसल र ज्येष्ठ नागरिकतहसम्मै पुग्न सफल भएको छ । एकातिर कर्पोरेट हाउसले ‘परान’ लाई माया गर्न थालेपछि दर्शकमा झनै उत्साह थपिँदै गएको छ ।

यही उत्साहका बीच टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.परिवारले पनि ‘परान’ हेरेको छ । सुन्धारास्थित सिभिल मलमा कर्पोरेट शो आयोजना गरि आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित फिल्म हेरेको हो ।

चलचित्रले नेपाली समाजको यथार्थलाई समेटेको भन्दै जगदम्बा परिवारले सकारात्मक सन्देश दिने चलचित्रहरू अझै बन्न जरूरी रहेको बताएको छ । एक प्रतिनिधिले भने–“यो चलचित्रले हाम्रै समाजिक परिवेशको कथा भनेको छ, भावनात्मक ढँगबाट कथालाई प्रस्तुत गरेको पायौँ, कलाकारको अभिनयले पनि फिल्मलाई सशक्त बनाएको छ ।”

‘परान’ मा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा छन् ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...