CG Electronics
IME Life
NIMB

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात वृद्धि दर अझै उच्च

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपालको निर्यात व्यापारमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्य मुलुकका आधारमा भारत तर्फको निर्यात १३७.९ प्रतिशत र अन्य तेस्रो मुलुकतर्फको निर्यात ३.८ प्रतिशत बढेको छ भने चीनतर्फको निर्यात ६६.१ प्रतिशतले घटेको छ ।

वस्तुगत रूपमा हेर्दा भटमासको तेल, पाम तेल, जुटका उत्पादन, अलैंची, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात उल्लेखनीय रूपमा बढेको छ । त्यसैगरी जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिनालगायतका वस्तुको निर्यात भने घटेको देखिएको छ ।

यही अवधिमा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो । मुलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको ३३.४ प्रतिशत तथा अन्य मुलुकबाटको आयात ४६.५ प्रतिशत वृद्धि भएको छ ।

वस्तु आयाततर्फ भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायात उपकरण, मोटर सवारी तथा स्पेयर पाट्र्स, दूरसञ्चार उपकरण आदिको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन र पेट्रोलियम पदार्थको आयात घटेको छ ।

निर्यातभन्दा आयातको वृद्धि दर उच्च रहेकाले कुल व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ४.० प्रतिशतले घटेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा उल्लेखनीय रूपमा उच्च हो ।

यसबाहेक समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानीमार्फत ४० अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ४४ अर्ब १३ करोड रुपैयाँको आयातभन्दा केही कम हो ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...