CG Electronics
IME Life
NIMB

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

NIMB
Himalayan Bank

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् ।

औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिक महिनामा ५.२००५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर मंसिरमा घटेर ५.०४०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशतमै स्थिर रहेको छ, जसमा ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने व्यवस्था गरेको छ ।

ब्याजदर घटाउने बैंकमध्ये एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन् । उता ब्याजदर स्थिर राख्ने बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक परेका छन् ।

बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र दीर्घ अवधिका मुद्दतीमा केही बढी ब्याजदर दिँदै आएका छन् । अधिकांश बैंकले पाँच वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेपमा उच्चतम ब्याजदर प्रस्ताव गरेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपका दर पनि क्रमशः घट्ने प्रवृत्ति रहँदै आएको छ । निक्षेप ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदरमा समेत सीधा प्रभाव पर्नेछ ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर तल झरेको बैंकहरूले बताएका छन ्। यतिबेला राष्ट्र बैंकले दीर्घकालीन अवधिका लागि समेत तरलता व्यवस्थापनका क्रममा बैंकहरूबाट निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा मार्फत रकम तानेको छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ । बैंकिङ क्षेत्रभित्र तरलता प्रशस्त भइरहेकाले निक्षेप तथा कर्जाको ब्याजदर अझै केही समय दबाबमा रहने विश्लेषण बैंक तथा वित्तीय क्षेत्रले गरेका छन् ।

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...