CG Electronics
IME Life
NIMB

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार आफ्नो ८९औं वार्षिकोत्सव विशेष कार्यक्रममार्फत मनाएको छ। बैंकको लामो इतिहास र वित्तीय क्षेत्रमा निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै आयोजित कार्यक्रममा ग्राहक, कर्मचारी, सञ्चालक र अन्य साझेदारको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले भने, “नेपाल बैंकले देशको आर्थिक उतार–चढावबीच पनि आफ्नो प्रतिष्ठा कायम राख्दै ग्राहक र नियामक निकायको विश्वास जित्न सफल भएको छ। यस सफलताको यात्रा यहाँसम्म पुर्‍याउन योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारी, ग्राहक र सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

अध्यक्ष शर्माले बैंकिङ क्षेत्रमा हाल उत्पन्न चुनौतीहरूको चर्चा गर्दै भने, “हाल समग्र बैंकिङ क्षेत्र निराशावादी प्रभावबाट प्रभावित छ। तरलता वृद्धि भएको देखिन्छ, तर लगानी विस्तारमा चुनौतीहरू बढेका छन्। यद्यपि, नेपाल बैंकले आफ्नो स्थायित्व कायम राख्दै सेवा विस्तारमा निरन्तरता दिन प्रतिबद्ध छ।”

नेपाल बैंकको स्थापना १९९४ साल कात्तिक ३० गते सार्वजनिक–निजी साझेदारीमा भएको थियो। त्यसयता बैंकले देशभर २ सयभन्दा बढी शाखा, ६० एक्सटेन्सन काउन्टरमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक बैंकिङ सेवा, बचत योजना, लगानी सेवा र डिजिटल सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको छ।

शर्माले आगामी दिनमा बैंकले सेवा विस्तार, वित्तीय समावेशन र प्रविधिमैत्री बैंकिङमा जोड दिने बताउँदै, “हाम्रो लक्ष्य ग्राहकलाई द्रुत, सरल र पारदर्शी सेवा प्रदान गर्नु हो। डिजिटल रूपान्तरण र जोखिम व्यवस्थापनमा सुधार गर्दै बैंकले समग्र वित्तीय वातावरणमा विश्वास कायम राख्नेछ।”

८९ वर्षको लामो यात्रा पूरा गरेको नेपाल बैंकले आर्थिक स्थायित्व, जनविश्वास र सेवा विस्तारको माध्यमबाट नेपाली बैंकिङ क्षेत्रमा आफ्नो पहिचान अझ मजबुत बनाएको छ। अध्यक्ष शर्माले सबै साझेदार र कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा बैंकलाई अझ सशक्त र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...