CG Electronics
IME Life
NIMB

रोशी–१२ शिखरपुरमा “साङ्दोपालरी” बौद्ध शिक्षा भवनको शिलान्यास

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काभ्रे, रोशी–१२ शिखरपुर, मंसिर ६, २०८२ — रोशी गाउँपालिका–१२ शिखरपुरमा निर्माण हुन लागेको “साङ्दोपालरी” गुम्बा शिक्षा भवन (बौद्ध शिक्षा स्कुल) आज विशेष समारोहबीच शिलान्यास गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेश लामा थिए। अध्यक्ष लामाले विकास योजनाको प्रारम्भिक चरण—शिलान्यास—लाई “आधा सफलता प्राप्त भएको संकेत” भन्दै अब यो योजना कुनै हालतमा अधुरो नछोडिने प्रतिवद्धता व्यक्त गरे। उनले रोशी गाउँपालिकाका सबै वडामा क्रमशः बौद्ध शिक्षा स्कुल स्थापना गर्ने योजनाबारे जानकारी पनि दिएका थिए।

कार्यक्रममा बागमती प्रदेश योजना आयोगका सदस्य गुणराज मोक्तानले यो परियोजना प्रदेश सरकारको अनुदानमा रोशी गाउँपालिकामार्फत कार्यान्वयन हुने जानकारी दिए। उनले गुम्बा निर्माणका लागि प्रत्यक्ष बजेट विनियोजन गर्न नसकिएको तर समुदायमा बौद्ध शिक्षाको अभाव र लामा गुरु ल्याउन महँगो पर्ने परिस्थितिलाई ध्यानमा राखेर “बौद्ध शिक्षा स्कुल” स्थापना गर्ने अवधारणा तयार गरिएको बताए।

वडा अध्यक्ष बसन्त कुमार तामाङले आफ्नो वडामा खाली रहेको जग्गा बौद्ध धर्मसम्बन्धी उद्देश्यमा सदुपयोग हुन लागेकोमा सन्तोष व्यक्त गर्दै, बौद्ध शिक्षा अध्ययन पृष्ठभूमिबाट आएको बताउँदै जनप्रतिनिधि हैसियतले योजनालाई सफल बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

लामा गुरु पेमा दोर्जे मोक्तानले २५६९ वर्षअघि बुद्ध धर्म संसारभर फैलिएको उल्लेख गर्दै, शिखरपुरको प्राकृतिक वातावरण ध्यान–तपस्या र बौद्ध शिक्षाका लागि उपयुक्त भएकाले योजना सफल हुनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा चन्द्रकुमार मोक्तानले शुभकामना मन्तव्यसहित आफ्नै गीत प्रस्तुत गरे भने नेपाल तामाङ घेदुङका संघीय सदस्य बिलाम मोक्तानले चिहानडाँडाको पवित्र भूमिमा गुम्बा शिक्षा भवनको शिलान्यास हुनु वर्षौंदेखिको सामूहिक आकांक्षा साकार भएको क्षण भएको बताए। उनले फरक विचार वा राजनीतिक झुकावभन्दा माथि उठेर गाउँको सामूहिक विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। “समुदाय एक भयो भने गुम्बा मात्रै होइन, सडक, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा चमत्कार देखिन्छ,” उनले भने।

छिमेकी जिल्ला सिन्धुली, सुनकोसी–१ का जनप्रतिनिधि छेडुप मोक्तानले विकासको गति तीव्र रूपमा अघि बढिरहेको देखेर खुशी व्यक्त गरे। स्थानीय विद्यालय श्री गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक तिर्थलाल मोक्तानले शुभकामना मन्तव्य दिएका थिए। समितिको तर्फबाट पेमा वाङ्ज्यु मोक्तानले स्वागत मन्तव्य प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन बिजबहादुर भोम्जानले गरेका थिए भने अध्यक्षता देबराज मोक्तानले गरेका थिए।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...