CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सेवा सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । विदेशबाट नेपालमा आउने रेमिट्यान्स सेवालाई अझ सहज, सुरक्षित र विश्वासिलो बनाउने उद्देश्यसहित माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्सस्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक रूपमा रेमिट्यान्स सेवा सम्झौता गरेको छ।

यूएईमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सहज बनाउने लक्ष्यसहित दुवै संस्थाबीच सहकार्यमा नयाँ रेमिट्यान्स सेवा सुरु गरिएको बैंकले जनाएको छ। सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका महाप्रबन्धक मरिश कुमार कर्ण, र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यान्वयनमा आएपछि अब यूएईमा रहेका नेपालीले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रकम पठाउन सक्नेछन्। पठाइएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवाहरू, ११ एक्सटेन्सन काउन्टर, तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ।

यसबाहेक, जोयालुक्कास एक्सचेन्जमार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकको खातामा तत्काल जम्मा हुने व्यवस्था पनि बैंकले उपलब्ध गराएको छ।

नयाँ तथा प्रविधिमैत्री सेवा विस्तारमा निरन्तर अग्रसर माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम, हिमाल–पहाड–तराईसम्म २७४ सेवा केन्द्र, तथा १९९ एटीएममार्फत करिब १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...