CG Electronics
IME Life
NIMB

नेक्सजेन म्यानेजमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्दै, लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन गर्ने तयारी गर्दै निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले रु. १०० अंकित मूल्यका १५,००,००० कित्ता साधारण शेयर जारी गर्दै रु. १५ करोड बराबरको पूँजी सर्वसाधारणबाट जुटाउनेछ।

यस सम्बन्धी द्विपक्षीय सम्झौता नेक्सजेनका प्रबन्ध सञ्चालक श्री रमेश कुमार भट्टराई तथा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठबीच २०८२ मंसिर ८ गते क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा हस्ताक्षर गरिएको हो। सम्झौता अनुसार निकट भविष्यमै साधारण शेयर निष्काशनको प्रक्रिया अघि बढाइनेछ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ। कम्पनीले स्थापनाको तेस्रो वर्षदेखि लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको छ। गत वर्ष नगद लाभांश वितरण गरिएको र यस वर्षको खुद मुनाफा जगेडा कोषमा सारिएको जनाएको छ। साथै कम्पनीको नेटवर्थ शेयरको अंकित मूल्यभन्दा उच्च रहेको छ।

कम्पनीका अध्यक्ष पूर्व बैंककर्मी तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन्। सम्झौता समारोहमा कम्पनीका शेयरधनीहरू श्री विजय बहादुर शाह र श्री कमल पन्थीको उपस्थिति रहेको थियो।

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...