CG Electronics
Ncell NPL Banner ads
TATA Banner

निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं : मन्त्री अर्याल

Laxmi Sunrise Bank Limited
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनैपनि हालतमा निर्वाचन गराएर छोड्ने दावी गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् ।

उनले भने, ‘अहिले चुनाव हुन्छ कि हुँदैन् भन्ने आशंकाहरु छन् । खासगरी सुरक्षाको हिसाबले बाधाहरु नआएको होइन् आइराखेकै छन् । चुनावको वातावरण बन्ने तर्फ नै गएको छ । सबै दलले दल दर्ता गर्नुभएको छ । सरकारले जसरी पनि चुनाव गर्छ । त्यही ढंगले काम गर्छ । दलिय नभएर यो गैरदलिय सरकार भएकाले हामीले त्यही खालको भूमिका खेल्नुपर्छ । हाम्रो निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व छ ।’

त्यस्तै, उनले धेरै हतियार फिर्ता आइसकेको भन्दै फिर्ता भएका कतिपय जलेर कामै नलाग्ने अवस्थामा रहेको बताए । अहिले कति हतियार बाहिर छन् भन्ने कुरा सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न नमिल्ने बताउँदै उनले फिर्ता नभएकोमा केही जलेको र केही ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने आशंका व्यक्त गरे ।

‘अहिले हतियार बाहिर कति छन् भन्ने कुरा हाम्रो सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न मिल्दैन् । धेरै जस्तो हतियारहरु फिर्ता भइसकेको छन् । फिर्ता नभएकोमा केही जलेको छन् र केही ठूला हतियार चाहिँ खोलामा बगाएको पनि हुनसक्छ ।’ उनले भने,
त्यस्तै, फरार कैदी मध्य गम्भीर अपराधमा संलग्नहरुको संख्या कम भएकाले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा सरकार नरहेको धारणा राखे ।

‘हत्यामा संलग्न अंगभंग यस्तो खालको गम्भीर अपराधमा संलग्नहरुको संख्या अलि कम नै छ । लागू औषध र जबरजस्तीकरणीको अलि धेरै छ । त्यसैले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा हामी छैनौं ।’ उनले भने,

CG Electronics
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १०...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:१६

जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार...

‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ’

‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही...

वि.सं.२०८२ मंसिर ११ बिहीवार २२:३०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई...

आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

वि.सं.२०८२ मंसिर ११ बिहीवार २२:२८

काठमाडौं । ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज...

राष्ट्र बैंक आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्दै

राष्ट्र बैंक आज बैंकिङ प्रणालीबाट ३० अर्ब...

वि.सं.२०८२ मंसिर १० बुधवार १९:४५

काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ...

पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो : मन्त्रि घिसिङ

पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म...

वि.सं.२०८२ मंसिर १० बुधवार १६:१२

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका...

‘लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले परिणाम दिन सकेनन्’

‘लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले...

वि.सं.२०८२ मंसिर ९ मंगलवार २२:१६

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...