CG Electronics
IME Life
NIMB

‘लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले परिणाम दिन सकेनन्’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा ११ औं राष्ट्रि उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका संस्थाहरु केवल रोजगारीसम्म मात्र सिमित रहेको भन्दै लगानी प्रवद्र्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरुले त्यो हिसाबले काम गर्न नसकेको बताए ।

उनले भने, ‘नेपाल सरकारको तर्फबाट स्थापना गरेका कतिपय संस्थाहरु कसैलाई रोजगारी दिने हिसाबले मात्र स्थापना भएको देखेका छौं । यस्तो काम हुनु हुँदैन् भन्ने कुरा म राख्न चाहन्छु । सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी पाउने र विदेश घुम्ने हिसाबको मात्रै भएको छ । यसले गर्दा साच्चिकै लगानी प्रवद्र्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरुले त्यो हिसाबले काम गर्न सकेको छैन् ।’
निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानी भित्राउनुपर्ने काम एकातिर रहेको भन्दै यसका लागि लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

नेपालमा वातावरण नै छैन्, निराशा मात्रै छ भन्ने खालको कुराहरु आएको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन गरेर आर्थिक कारोबार अगाडि बढाउनुपर्ने उनको भनाई छ ।

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले उद्योग क्षेत्रको योगदानलाई बढाउने सन्दर्भमा सबैले चिन्तन गर्नुपर्ने भन्दै यसमा सरकारी र निजी क्षेत्र दुवैको महत्वपूर्ण भूमिका रहने बताए ।

सरकारी पक्षले नीति एवम कानुनमा सुधार गर्ने र सेवा प्रवाह गर्ने हो भने नीजि क्षेत्रले पनि आफूलाई व्यवसायिक बनाउन र उद्यमशिलता विकास गर्न जरुरी रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘अगामी दिनमा उद्योग क्षेत्रको योगदानलाई कसरी बढाउने भन्ने सन्दर्भमा सबैले चिन्तन मनन गरेर अगाडि जानुपर्छ । यसमा सरकारी र निजी क्षेत्रको समान महत्वपूर्ण भूमिका छ । सरकारी पक्षले सहजीकरण गर्ने नीति कानूनमा सुधार गर्ने र सेवा प्रवाह गर्ने हो भने नीजि क्षेत्रले पनि आफूलाई नीजिकरण गर्न जरुरी छ । आफूलाई व्यवसायिक बनाउन र उद्यमशिलता विकास गर्न जरुरी छ ।’

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...