CG Electronics
IME Life
Ncell NPL

महिन्द्राको ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । महिन्द्राले विश्वकै पहिलो फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक गरेको छ ।यसको मूल्य भारतीय रुपैयाँ २३.६९ लाख तोकिएको छ । यसका अतिरिक्त, थप सुविधासहितको एफई–३ भेरियन्टको मूल्य भने २४.४९ लाख भारु तोकिएको छ ।

कम्पनीका अनुसार, बुकिङ १४ जनवरी २०२६ देखि सुरु हुनेछ भने डेलिभरी १४ फेब्रुअरी २०२६ बाट प्रारम्भ हुनेछ । पहिले आउने ९९९ जना ग्राहकले विशेष सुविधाहरू पाउनेछन् । साथै, छनोट गरिएका तीन भाग्यशाली ग्राहकले २०२६ को लन्डन ई–प्रिक्स प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।

यस संस्करणमा बीई–६ को आधारभूत प्रदर्शनलाई जोगाउँदै रेसिङ–थिमका विशेष फिचरहरू थपिएका छन् । यसले ०–१०० किमी÷घन्टा ६.७ सेकेन्डमा गति लिन सक्छ, २८२ बीएचपी पावर उत्पादन गर्छ र ७९ किलोवपाट ब्याट्री सहित करिब ५०० किमि वास्तविक रेंज प्रदान गर्छ ।

साथै, यसमा रेस–मोडबाट प्रेरित टर्क डेलिभरी पनि समावेश गरिएको छ ।महिन्द्राले बीई ६ फर्मुला ई एडिसन राइड पनि सार्वजनिक गरेको छ । जुन बालबालिकाका लागि तयार गरिएको रमाइलो, रेस–थिमको टोडलर कार हो । यसको मूल्य भारतीय रुपैयाँ १८,००० तोकिएको छ र अप्रिल २०२६ देखि उपलब्ध हुनेछ । कम्पनीले यसको डिजाइनलाई पुरै आकारको एसयूभीसँग मिल्दोजुल्दो बनाएको बताएको छ जसले साना बालबालिकामाझ इभि (इलेक्ट्रिक) को आकर्षण बढाउने लक्ष्य राख्छ ।

महिन्द्राका शीर्ष अधिकारी आर. भेलुसामी, प्रेसिडेन्टले भने,‘भारतमा रेसिङ अब निस्को रुचि मात्र रहेन, यो जीवनशैली बन्दैछ । यही उर्जालाई सुनेर हामीले यो फर्मुला–ई एडिसन बनायौं—साहसी, भावनात्मक र भारतमै बनेको ।’

कम्पनीका अनुसार, भारतमा द्रुत रूपमा बढिरहेको मोटरस्पोर्ट लोकप्रियतालाई सम्मान गर्दै यो संस्करण सार्वजनिक गरिएको हो ।

महिन्द्राले आफ्नो लामो मोटरस्पोर्ट यात्रा—र्याली स्पोर्टदेखि फर्मुला–ई ग्रिडमा जित हासिल गर्ने एकमात्र भारतीय टोली—सम्मको अनुभवलाई सडकमा ल्याएको दाबी गरेको छ । यस संस्करणमा मोटरस्पोर्ट–प्रेरित स्टाइलिङ, ग्राफिक्स र इन्टेरियर डिटेलिङलाई प्राथमिकता दिइएको छ ।
(एएनआई)

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...